Home / News / समाचार / आठ लाखमा बिक्छ डाक्टरको सर्टिफिकेट

आठ लाखमा बिक्छ डाक्टरको सर्टिफिकेट

 

माघ २५। इटहरीस्थित पशुपति मोडल हस्पिटल एन्ड रिसर्च सेन्टरका डाक्टर पशुपति चौधरीले पटना मेडिकल कलेजबाट आठ लाखमा एमबिबिएस प्रमाणपत्र खरिद गरेको पुष्टि भएको छ । चौधरीले पनि आरोप स्विकार गरेको आजको नयाँ पत्रिकामा समाचार छ ।

‘अरुले एमबिबिएस पढ्न प्लस टु र एसएलसीको नक्कली प्रमाणपत्र बनाएका थिए, चौधरीको त एमबिबिएसकै प्रमाणपत्र नक्कली भएको खुलेको छ,’ केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०का निर्देशक डिआइजी हेमन्त मल्लले भने ।

पक्राउ परेका १३ मध्ये केहीको एमबिबिएसकै प्रमाणपत्रसमेत नक्कली रहेको मल्लले बताए । यसअघि प्रहरीले एसएलसी र प्लस टु तहको परीक्षा मात्र नककली भएको खुलेको थियो ।
 

Check Also

संविधान संशोधन उपयुक्त छैनः एमाले

वैशाख १७। नेकपा (एमाले) संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका …