Home / News / अर्थ / वीरगन्ज नाकाबाट १४ सय ट्रक सामान भित्रियो

वीरगन्ज नाकाबाट १४ सय ट्रक सामान भित्रियो

माघ २५ । नाकाको अवरोध हटेसंगै भारतबाट रक्सौल नाका हुँदै मालसामान वीरगन्ज आउने क्रम हृवात्तै बढेको छ ।

मधेसी दलले असोज ७ गतेदेखि मितेरी पुलमा धर्ना दिएर ठप्प पारेको नाका एक सय ३५ दिनपछि शुक्रबारदेखि खुलेको हो । आजको अन्नपूर्णमा समाचार छ । शुक्रबार दिउँसो भारतीय व्यापारी र स्थानीय बासिन्दाले मितेरी पुलमा आन्दोलनकारीको अवरोध हटाएर नाका खुलाएका थिए ।

नाका खुलेलगत्तै शुक्रबार दिउँसोदेखि नै भारतबाट इन्धन र मालसामन बोकेका गाडी वीरगन्ज भित्रिने क्रम शुरु भएको हो ।

नाका खुलेपछिको तीन दिनको अवधिमा भारतबाट रक्सौल नाका हुँदै इन्धन र मालसामान बोकेका १ हजार चार सय एक मालवाहक गाडी नेपाल भित्रिएको जानकारी पर्साका प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले दिए । श्रेष्ठका अनुसार शुक्रबार १५४, शनिबार ६५६ र आइतबार ५९१ वटा मालवाहक गाडी वीरगन्ज भित्रिएका हुन् ।
 

Check Also

१२ खर्ब ८० अर्बको बजेट आउँदै

जेठ १५। संसद्मा सोमबार पेस हुने आर्थिक वर्ष ०७४÷७५ को बजेटको सीमा १२ खर्ब ८० …