Home / News / समाचार / शेरबहादुर देउवा पक्षले मतपत्र लुटेपछि कांग्रेस अधिवेशन अन्योलनमा

शेरबहादुर देउवा पक्षले मतपत्र लुटेपछि कांग्रेस अधिवेशन अन्योलनमा

माघ २५ । संस्थापन पक्षले धाँधली गरेको आरोप लगाउँदै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले रुकुमा छापिँदै गरेका मतपत्र लुटेपछि क्षेत्रीय र जिल्ला अधिवेशन रोकिएको छ ।
जिल्ला अधिवेशन सोमबारका लागि तोकिए पनि क्षेत्रीय अधिवेशन नभएकाले स्थगित हुने निश्चित भएको आजको नयाँ पत्रिकामा समाचार छ ।

सदरमुकाम खलंगाको राप्ती अफसेट प्रेसमा छापिँदै गरेको २ नम्बर क्षेत्रका तीन सयमतपत्र देउवा पक्षले लुटेर लगेको संस्थापन पक्षको आरोप छ । संस्थापन पषबाट विल्ला सभापतिका उम्मेदवार प्रेमप्रकाश ओलीले देउवा पक्षले मतपत्र लुटेको आरोप लगाए ।

देउवा पक्षले भने मतपत्र लुटिएको नभई सुरक्षित राखेको जनाएको छ । देउवापक्षीय नेता नन्द विष्ठले आफूहरुले मतपत्र लुटेको नभई सुरक्षित राखेको दावी गरे ।

 

Check Also

गणेशमान र बिपीको इतिहासले काँग्रेस अहिलेसम्म बाँचेको छः महामन्त्री कोइराला

साउन ७ । पैतिसौँ बिपी स्मृति दिवसको अवसरमा आज ललितपुरमा आयोजित बिपी कोइराला र लोककल्याणकारी …