Home / News / समाचार / भारत भ्रमणका लागि फागुन सातको मिति जुराउँदै प्रधानमन्त्री ओली, यस्तो छ तयारी

भारत भ्रमणका लागि फागुन सातको मिति जुराउँदै प्रधानमन्त्री ओली, यस्तो छ तयारी

माघ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको पूर्वतयारीलाई तीब्र बनाएका छन् । फागुनको पहिलो साता हुने भारत भ्रमणको पूर्व तयारीका लागि ओलीले पूर्व प्रधानमन्त्रीहरुसँंग सोमबार छलफल गर्ने तय भएको छ । ‘सोमबार दिउँंसो साढे चार बजेका लागि पूर्व प्रधानमन्त्रीहरुसँगको छलफल कार्यक्रम तय भएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘उहाँले पूर्व परराष्ट्र मन्त्रीहरु,भारतका लागि नेपालका पूर्व राजदुतहरु र नेपाल –भारत सम्बन्धका विभिन्न पक्षका विज्ञहरुसँंग छलफल गर्ने तयारी गर्नुभएको छ ।’ 

प्रधानमन्त्री ओलीको भ्रमणको कार्यतालिका र कार्यसूचि तयार गर्न परराष्ट्र मन्त्रालयले आन्तरिक तयारीलाई तीब्र पारेको छ । मोटामोटी रुपमा फागुन ७ गतेदेखि प्रधानमन्त्रीको भारत भ्रमण हुने बताइएको छ । प्रधानमन्त्रीको भ्रमणलाई फलदायी बनाउन अर्थ मन्त्री विष्णु पौडेल आइतबार भारत भ्रमणमा गएका छन् । अर्थ मन्त्री पौडेल फर्केपछि भ्रमणमा सहभागी हुने टोली र कार्यसूचीलाई अन्तिम रुप दिइने भएको छ ।

Check Also

राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गर्ने प्रचण्डको दाबी

माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने …