Home / News / समाचार / अस्ताए सुशील ‘दा’

अस्ताए सुशील ‘दा’

माघ २६ । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको ७९ बर्षको उमेरमा आज विहान १२ः५० मा निधन भएको छ । उनको आफ्नै निवास महाराजगञ्जमा निधन भएको काँग्रेसले जानकारी दिएको छ । केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ कोइराला कोइरालाले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रममा समेत गएका थिएनन् । उनी केही दिनदेखि औपचारिक कार्यक्रम पनि उपस्थित थिएनन् । उपचारमा संलग्न चिकित्सकहरूले निमोनियाका कारण कोइरालाको निधन भएको बताएका छन् ।
कोइरालाको पार्थिव शरीरलार्इ आज विहान ८ बजेपछि अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा भएको छ ।

Check Also

एघार घन्टापछि मुग्लिन सडक खुल्यो

असार ११ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि आज बिहान ८ः०५ बजेबाट …