Home / News / समाचार / पोखरेली चेली नेहाको क्रुर हत्या यसरी भएको रहेछ

पोखरेली चेली नेहाको क्रुर हत्या यसरी भएको रहेछ

माघ २६ । गत मंगलवार पोखरामा हत्या गरी फालेको अवस्थामा भेटिएकी योरुना पुन (नेहा) को हत्यामा संलग्न सतिश भनिने कृतन खड्कीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
उनले प्रहरी समक्ष नेहाको हत्या गरेको स्विकार गरेका छन् । सतिशले १८ गते राति नेहाको हत्या गरेको प्रहरीमा बयान दिएका छन् ।
प्रहरीमा सतिशले दिएको बयान अनुसार १८ गते राति सतिशले काम सकेर फर्कन लागेकी नेहालाई घर पुर्याउन गएका थिएँ । सोहि क्रममा घर नजिक ४ सय मिटरको दुरीमा पुगेपछि नेहासँग यौन सम्पर्क गर्ने प्रस्ताव गरे ।
नेहाले त्यसको चर्को प्रतिवाद गरेपछि सतिशले नेहाको टाउकोमा हेल्मेटले हिर्काए । यौनको आवेशमा आएका उनले नेहाको टाउकोमा पटक पटक हेलमेटले हिर्काएपछि नेहा त्यहि ढलीन् । नेहालाई त्यहि छाडेर सतिश भागे ।’
भोलिपल्ट मर्निङ वाक गएका सर्वसाधरणले नेहाको अर्धनग्न शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि कसले कसरी गर्यो भन्ने खुल्न सकेको थिएन । अनुसन्धानको क्रममा प्रहरीले धेरै युवाहरुलाई नियन्त्रणमा लिएर बयान लियो । अन्ततः सतिशको संलग्नतामा धेरै प्रमाण भेटेपछि नेहाको हत्या सतिशबाट भएको हो भन्नेमा प्रहरी पुग्न सफल भयो ।
नेहाको हत्याको छानविनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक गज्जुसिद्धि बज्राचार्यको नेतृत्वमा टोली खटाइएको थियो । उनको नेतृत्वको टोलीले झण्डै एक साताको अनुसन्धान पछि हत्याका अभियुक्त सम्म पुग्न सफल भएको हो ।
खड्गीले माघ १८ गते राती नेहा र अन्य साथीहरू समेत भेला भई न्यूरोडस्थित ओपन टेवल रेष्टुरेण्टमा बसी मादक पदार्थ सेवन गरेको प्रहरीको भनाइ छ । उक्त रेष्टुरेण्टबाट राती करिव ९ बजेतिर खड्गीले नेहालाई घर पु–याउनको लागि आफ्नो मोटरसाईकलको पछाडि राखी नयाँगाउ तर्फ गएको र घटनास्थल स्थल नजिकै पुगेपछि कृतन खड्गीले नेहालाई आज तिमी घर नजाउ लेकसाईड तिर घुमौँ र त्यतै तिरको होटलमासंगै बसी रमाईलो गरौ भन्ने प्रस्ताव समेत राखेको प्रहरी बयानमा खड्कीले बताएको कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए ।
नेहाले शारीरिक सम्पर्क गर्न अस्विकार गर्दै कृतनलाई गाली गरेपछि कृतनले हेलमेटले नेहाकोे टाउको अगाडि र पछाडि दुई पटक प्रहार गरेपछि नेहा भुईमा ढलेकी थिइन । भूईँमा ढलेकी उनकोे नाक र कानबाट रगत बगेको देखेपछि डराएर घर तर्फ गएको भन्ने हत्या आरोपमा पक्राउ परेका खड्गीले प्रहरीलाई बयान दिएको पत्रकार सम्मेलनमा जानकारी दिएको महिलाखवरमा उल्लेख छ ।
हत्यामा संलग्न भएका खड्गीलाई कर्तव्य ज्यान मुद्धा र जवरजस्ती करणको मुद्धा लाग्ने भएको छ । नेहाको बलात्कार भएको हो वा होईन यस बिषयमा काठमाडौंमा अनुसन्धानको लागि रिपोर्ट पठाएको कास्की प्रहरीले जनाएको छ ।

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …