Home / News / समाचार / कोइरालाको मृत्यु, टाउकोमा चोट, सिरकमा रगत र अनुत्तरित प्रश्न

कोइरालाको मृत्यु, टाउकोमा चोट, सिरकमा रगत र अनुत्तरित प्रश्न

माघ २६ । पूर्व प्रधानमन्त्री एवं कााग्रेस सभापती सुशील कोइराला सोमबारको मध्यरात ढल्किएपछि अर्थात १२ः५० मा यो संसार छाडेर सधैँका लागि विदा भए । तर, उनले यो संसार छाडेर गएसँगै उनको मृत्युको विषयलाई लिएर विभिन्न शंका–उपशंका बजारमा छाउन थालेका छन् ।

मस्त निद्रामा रहेका नेपाली विहान उठ्दा निकै अप्रिय र सोच्नै नसक्ने खवर सुन्न बाध्य भए । सोमबारसम्म कोइराला विरामी भएको खवर न कुनै सञ्चार माध्ययममा प्रकाशित भएको थियो नत उनी अस्पताल भर्ना भएको खवर नै कतै सुनिएको थियो ।

उनको उपचारका लागि भनेर त्रिवि शिक्षण अस्पताल (टिचिङ)को बेड नं. ६०१ बुक गराएको जानकारी निजी चिकित्सक डा करबीरनाथ योगीले कोइरालको निधनपछि एक सञ्चारमाध्ययमलाई जानकारी गराए । तर, उनले बुक गरेको अस्पतालको बेड क्यान्सिल गरेको अवस्था कोइरालाको स्वास्थ्यमा सुधार आएपछि भनिएको छ । राती साँझ स्वास्थ्यमा सुधार आएका भनिएका कोइराला फेरि किन मध्यरात ढल्केपछि बाँच्न सकेनन् ?

अहिले यो पनि अनुत्तरित प्रश्न बनेको छ । त्यति मात्र होइन उनको निधनपछि सामाजिक सञ्जलमा थुप्रै तस्बिर सार्वजनिक भए । सोही क्रममा नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले फेसबुकमा पोष्ट गरेको तस्बिरमा कोइरालाको टाउकोमा चोट र सिरकमा रगत प्रष्ट देखिएको छ । त्यो तस्विरलाई निहालेर हेर्दा टाउकोमा चोट र सिरकमा रगत पनि देखिन्छ । यसले झन घटनालाई सहस्यमय बनाएको छ । काँग्रेस महाधिवेशनको चटारोमा कोइरालाको मृत्यु हुनु र उनको शव शंकास्पद देखिनु के संयोग मात्र हो ? यो प्रश्न पनि अहिले अनुत्तरित नै छ ।

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …