Home / News / अर्थ / रक्सौल नाका खुलेसँगै इन्धन आयतमा निकै खुकुलो, एकै दिन १३ लाख लिटर इन्धन नेपाल प्रवेश

रक्सौल नाका खुलेसँगै इन्धन आयतमा निकै खुकुलो, एकै दिन १३ लाख लिटर इन्धन नेपाल प्रवेश

माघ २७ । तराई मधेसमा आन्दोलन जारी राखेको मधेसी मोर्चाले सीमा नाकामा अवरोध नगर्ने जनाउँ दिएसँगै इन्धन आयतमा निकै खुकुलो भएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) को रक्सौल डिपोले मंगलबार मात्र १३ लाख १० हजार लिटर तेल दिएको छ । रक्सौल डिपोले ८३ वटा ट्यांकरमा तेल लोड तेल लोड दिएको हो ।
मंगबलार रक्सौल डिपोबाट पेट्रोल मात्रै ३ लाख लिटर लोड दिएको छ । १७ वटा ट्यांकर रक्सौलमा तेल लोड गरेर वीरगञ्ज आएका छन् ।
यसैगरी ५१ वटा ट्यांकर डिजेल छ । आईओसीले मंगलबार रक्सौलबाट ७ लाख ३४ हजार लिटर डिजेल दिएको छ ।
यसैगरी ३ वटा ट्याकंरमा ३६ हजार लिटर मट्टतेल पनि लोड भएको भएको निगमले जानकारी दिएको छ ।
यसैगरी नेपाली ट्यांरले रक्सौलबाट २ लाख ४० हजार लिटर हवाइ इन्धन पाएका छन् । १२ वटा ट्यांकरमा हवाइ इन्धन लोड भएको छ । लोड पाएका अधिकांश ट्यांकर वीरगञ्ज आइसकेका छन् ।
आयल निगमले एक सातापछि नियमित रुपमा पेट्रोल पम्पबाटै तेल दिने तयारी गरिरहेको छ ।

Check Also

नेपाल भित्रने रेमिट्यान्स हालसम्मकै उच्च पुग्यो, कुन देशबाट कति ?

फागुन २६ । नेपालमा विश्वका करिब ३७ देशबाट भित्रने रेमिट्यान्सको परिमाण ७ खर्ब ३३ अर्ब …