Home / News / खेलकुद / उसुमा स्वर्णसहित दर्जन पदक

उसुमा स्वर्णसहित दर्जन पदक

माघ २७ । दक्षिण एसियाली खेलकुदको १२ औं संस्करणमा उसु खेलाडीले नेपालका लागि कुल १ स्वर्ण, १० रजत र १ कांस्य पदक दिलाएका छन्। यसपल्ट सिलोङमा जारी उसु प्रतिस्पर्धाको अन्तिम दिन बुधबार झरना गुरुङसहित हरिप्रसाद गोले, सविता राई, जुनी राई, विन्दु पुन मगर र राजेश चौधरीले रजत पदकमा चित्त बुझाउनुपरेको थियो ।

उसुबाट यसअघि निमा घर्तीमगरले स्वर्ण, विजय सिंजाली, सुस्मिता तामाङ, युवराज थापा र विश्व बुढामगरले रजत तथा सरोज पुनले कांस्य पदक दिलाएका थिए ।

Check Also

प्रवास प्रतिभा— विदेशमा चम्केका विनय

भनिन्छ, हरेक व्यक्तिमा केही न केही क्षमता लुकेको हुन्छ । क्षमताको प्रस्फुटन र अभ्यासले क्षमतामा …