Home / News / प्रवास / महावाणिज्य दूतावास र जनसम्पर्क समितिको न्यूयोर्कमा शोक पुस्तिका

महावाणिज्य दूतावास र जनसम्पर्क समितिको न्यूयोर्कमा शोक पुस्तिका

 न्यूयोर्क । न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाप्रति समवेदना व्यक्त गर्न आफ्नो कार्यालयमा शोक पुस्तिका राख्ने भएको छ ।

माघ २६ गते संसार त्यागेका स्व. कोइरालाप्रति समवेदना प्रकट गर्न चाहने सर्वसाधारणका लागि माघ २८ र २९ गते दुई दिन शोक पुस्तिका राखिने महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । शोक व्यक्त गर्न चाहने सर्वसाधारणका लागि महावाणिज्य दूतावास कार्यालयले अपराह्न १ देखि ३ बजेसम्मको समय छुट्याएको छ ।

त्यसैगरी, नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समितिले पनि न्युयोर्क कुइन्सस्थित एक नेपाली रेस्टुरेन्टमा स्व. कोइरालाप्रति समवेदना व्यक्त गर्न शोक पुस्तिका राखेको छ ।

Check Also

trumptower

ट्रम्पपत्नी तत्काल ह्वाइट हाउस नजाने

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासबाट उनकी पत्नी मलानिया ट्रम्प आफ्नो पतिले कार्यालय सम्हाल्न …