Home / News / समाचार / चितवनमा जङ्गली हात्तीको आतंक, आक्रमणमा एकको मृत्यु

चितवनमा जङ्गली हात्तीको आतंक, आक्रमणमा एकको मृत्यु

माघ २८ । पश्चिम चितवनको नारायणी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणमा एक जनाको ज्यान गएको छ । आक्रमणामा नारायणी नगरपालिकामा वडा नं १ अन्द्रौलीकी ४८ वर्षीया भीमा कुमालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार घर नजिकै चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा लिन गएकी कुमाललाई बुधबार दिउँसो हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणपछि गम्भीर बनेकी कुमालको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

Check Also

मतपेटिका अज्ञात समूहले जलाएपछि रोल्पामा मदतान स्थगन

असार १४ । रोल्पाको धवाङ मतदान केन्द्रको मतपेटिका अज्ञात समूहले जलाएका छन् । रोल्पा नगरपालिका–१० …