Home / News / समाचार / सांसदकी छोरी सुप्रियाले गरिन आत्महत्या, सुसाइड नोट प्रहरीले फेला पा¥यो

सांसदकी छोरी सुप्रियाले गरिन आत्महत्या, सुसाइड नोट प्रहरीले फेला पा¥यो

फागुन १। भारतको उत्तर प्रदेशको कानपुर जिल्लामा बीए (ब्याचुलर) मा अध्ययनरत नेताकी एक छोरीले फाँसी लगाएर आत्महत्या गरेको समाचारले हंगामा भएको छ । आत्महत्या गर्नु अघि एक सुसाइड नोट लेखेर ती युवतीले आत्महत्या गरेकी हुन् । समाचार अनुसार आत्महत्या गरेकी सुप्रिया नामकी ती युवतीकी आमा कानपुर नगर निगमकी पार्षद हुन् । पार्षद सांसद पदजतिकै शंक्तिशाली हुन्छ ।

घटना कानपुरको कल्याणपुर क्षेत्रको हो । जहां मसवानपुर इलाकामा निगम पाषर्द बीना कुशवाह आफ्नो परिवारसँग बस्दै आएकी थिइन् । शनिवार विहान उनकी २० वर्षीय छोरी सुप्रिया अबेरसम्म कोठाबाट बाहिर आइनन् । कैयौ पटक बोलाउँदा समेत आवाज फर्किएन् । जब परिवारका एक सदस्यले कोठाभित्र गएर हेरे तब सुप्रिया फांसी लगाएर झुण्डिएको अवस्थामा थिइन् ।

कल्याणपुर पुलिस स्टेशनका एसएचओ सन्तोष सिंहले कल्याणपुरकी पाषर्द बीना कुशवाहाकी छोरी सुप्रियाले आज विहानज आफ्नै घरमा फांसी लगाएर आत्महत्या गरेको बताए । उनी स्नातक द्वितीय वर्षकी छात्रा थिइन् । प्रहरीका अनुसार उनले आत्महत्याभन्दा एक चिठ्ठी पनि लेखिएको पाइएको छ । आत्महत्या गर्नुअघि सुप्रियाले लेखेको चिठ्ठीमा पारिवारिक कलहका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएकी छिन् । समाचारअनुसार परिवारले प्रेम सम्बन्ध अस्वीकार गरेपछि उनले आत्महत्या गरेकी हुन् । पार्षदकी छोरीले आफूभन्दा तल्लो जातको केटासँग प्रेम गरेको तर, परिवारले यो सम्बन्धको विरोध गर्दै आएको बुझिएको छ ।

Check Also

टर्कीमा ६.७ रेक्टरस्केलको भूकम्प, दुईको मृत्यु

साउन ६। टर्कीको इजियन तट नजिक रहेको ग्रीक द्वीपमा ६ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको …