Home / News / प्रवास / तामाङको ल्होछारले न्यूयोर्क धपक्कै

तामाङको ल्होछारले न्यूयोर्क धपक्कै

न्यूयोर्क । नेपाली आप्रवासीहरुको घना बस्ती न्यूयोर्क शहर माइनस १३ डिग्री सेल्सियसले कठ्याङ्ग्रिए पनि तामाङहरुको ल्होछारको रौनकले न्यूयोर्क कुइन्सलाई एकाएक गर्माइदियो । प्रणय दिवसको पूर्वसन्ध्यामा फेब्रुअरी १३ तारिख शनिबार दिनभरजसो ज्याक्सन हाइट्सवरपर लुङ्गी, बख्खु र टाउकोमा ताकी लगाएका सयौं तामाङहरु ल्होछार मनाउन उन्मुक्त देखिन्थे ।

२८५२औं टे ल्हो (बाँदर वर्ग) ल्होछारको अवसरमा न्यूयोर्कस्थित तामाङ सोसाइटी अफ अमेरिकाले ज्याक्सन हाइट्सस्थित गुल्सन टेरेसको सभाहलमा एक भव्य ल्होछार कार्यक्रम मनायो । न्यूयोर्कस्थित नेपाली वाणिज्य दूत कृसु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न ल्होछार मनाउन न्यूयोर्कलगायत आसपासका राज्यहरुबाट सयौं तामाङ जातिहरु परिवारसहित सहभागी भएका थिए । तामाङ जातिको परम्परागत खाना खाँदै दिनभरिको समय खर्चिएर मनाइएको उक्त ल्होछार कार्यक्रमलाई औपचारिकरुपमा १३ तारिख साँझ संस्थाका अध्यक्ष सूर्य तामाङको सभापतित्वमा मनाइएको थियो ।

स्थानीय तामाङहरुलगायत समाजका अग्रज, समाजसेवी, सञ्चारकर्मीलगायतलाई आमन्त्रण गरिएको ल्होछारको औपचारिक समारोहमा विशेष अतिथिका रुपमा जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइवालाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई संस्थाका उपाध्यक्ष लालमान तामाङले स्वागत गरेका थिए ।

तामाङ सेलोलगायत विभिन्न प्रस्तुतिले भ्यालेन्टाइन इभको रात प्रेममय रुपमा सम्पन्न गरिएको थियो ।

Check Also

trumptower

ट्रम्पपत्नी तत्काल ह्वाइट हाउस नजाने

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासबाट उनकी पत्नी मलानिया ट्रम्प आफ्नो पतिले कार्यालय सम्हाल्न …