Home / News / समाचार / काठमाडौँमा बानियाँ र प्रधान भिड्दै, बानियाँलाई नौ क्षेत्रीय सभापतिको समर्थन

काठमाडौँमा बानियाँ र प्रधान भिड्दै, बानियाँलाई नौ क्षेत्रीय सभापतिको समर्थन

फागुन ४ । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनका सन्दर्भमा सबै भन्दा अर्थपूर्ण रुपमा हेरिएको काठमाडौँमा कसले सभापति हत्याउने भन्ने दौड सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९ बजेबाट प्रज्ञाभबन कमलादीमा मतदान हुनेछ । तर, त्यसका लागि मंगलबार नै उम्मेदवारी घोषणा भएको छ । महाधिवेशन नजिक हुने काँग्रेसको जिल्ला अधिवेशले अहिले देशभरी नै तातो बढाइरहेका बेला काठमाडौंमा पनि त्यस्तै सरगर्मी बढेको छ । मंगलबार हुने निर्वाचनमा सभापति पदका लागि सबुज बानियाँ र भिमसेनदास प्रधानले उम्मेदवारी दिएका हुन् । प्रधानले फेरि सभापतिमा दोहोरिने इच्छा गरेपछि उनीहरबीच प्रतिस्पर्धा हुने भएको हो । सभापति पदमा चार जनाको दाबी रहे पनि मनोनयन दर्ता बानियाँ र प्रधानको मात्रै भएको छ ।

सचिव पदमा तीन र कोषाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सभापति पदमा दाबी गर्दै आएका नरोत्तम वैद्य र राजुराज जोशीले बानियाँलाई समर्थन गरेका छन् । काठमाडौंका १० निर्बाचन क्षेत्रमध्ये नौ क्षेत्रीय सभापतिहरुले यसअघि नै बानियाँलाई समर्थन गरेका थिए ।

मनोनयन दर्ता गराउन बानियाँ र प्रधान टेकुस्थित काठमाडौं जिल्ला निर्बाचन समितिको कार्यालयमा कार्यकर्ताहरुको जुलुससहित पुगेका थिए । सचिव पदमा भने तीन जनाको उम्मेदवारी परेको छ । बानियाँ पक्षबाट राजकुमार नकर्मी र प्रधान पक्षबाट अर्जुन पराजुलीको मनोनयन दर्ता भएको छ । प्रणयसिंह मुन्नाले स्वतन्त्ररुपमा सचिव पदमा उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष पदमा भने नर्बदा पोख्रेल र गोबिन्द पुडासैनीकोे उम्मेदवारी दर्ता भएको छ ।

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …