Home / News / खेलकुद / खेलाडीको स्वागत गर्न विमानस्थलमामा जनसागर, खेलाडीलाई सहर परिक्रमा

खेलाडीको स्वागत गर्न विमानस्थलमामा जनसागर, खेलाडीलाई सहर परिक्रमा

फागुन ५ । २३ वर्षपछि दक्षिण एसियाली खेलुकद (साग) मा फुटबलतर्फको स्वर्ण पदक बिजेता नेपाली टिमलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा फुटबल प्रेमीहरुको हुल नै लागेको छ ।

खेलाडीहरुको स्वागतगर्न टोलजी विमानस्थलमा पुगेका हुन् । गुवाहाटीबाट बागडुग्रासम्म जहाजमा आएको टोली बागडुग्राबाट भने भद्रपुर विमानस्थलसम्म बसमा आएको थियो ।

विमानस्थलको गेटबाटै सुरु हुने विजय जुलुस तिलगंगा चोक, गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै पुतलीसडक आइपुग्ने छ ।

पुतलीसडकबाट प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्युरोड गेट, जमलहुँदै केशरमहल र त्यहाँबाट नारायणहिटी संग्रहालय हुँदै पुरानो बसपार्क आइपुगेर सहिदगेट, सुन्धारा हुँदै दशरथ रंगशालामा पुगेर टुङ्गिने एन्फाले जनाएको छ ।

Check Also

प्रवास प्रतिभा— विदेशमा चम्केका विनय

भनिन्छ, हरेक व्यक्तिमा केही न केही क्षमता लुकेको हुन्छ । क्षमताको प्रस्फुटन र अभ्यासले क्षमतामा …