Home / News / प्रवास / श्रद्धाञ्जलिका लागि नेजस डालस र वेष्ट च्याप्टरको अनुरोध

श्रद्धाञ्जलिका लागि नेजस डालस र वेष्ट च्याप्टरको अनुरोध

न्यूयोर्क । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको १३औं पुण्यतिथिको अवसर पारेर नेपाली जनसम्पर्क समिति डालस फोर्थवर्थ र वेष्ट च्याप्टरले संयुक्तरुपमा टेक्ससस्थित नेपाली समाजको सभाकक्षमा श्रद्धाञ्जलि सभाको आयोजना गर्ने भएको छ ।

२१ फेब्रुअरी, आइतबार आयोजना गर्न लागिएको श्रद्धाञ्जलि समारोहमा सम्पूर्ण संघसंगठनका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, विद्यार्थीलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ । श्रद्धाञ्जलि सभाको समय दिउँसो साढे ४ बजे तोकिएको छ । कोइरालाको गत माघ २६ गते निधन भएको हो ।

Check Also

एनआरएन अमेरिका चुनाव– कालेकाले मिलेर खाऊँ भाले 

गतवर्षको नोभेम्बर ४ शुक्रबारका दिन एनआरएन अध्यक्ष डा. केशव पौडेल नेपाल जाने क्रममा डालस एयरपोर्टमा …