Home / News / अमेरिकामा वकिलसँग परामर्श / अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

 मैले सन् २००० को लाइफ एक्टअन्तर्गत मेरो साहुले स्पोन्सर गरेको आधारमा ग्रीनकार्ड पाएको हो। यो वर्ष मैले नेचुरालाइजेसनका लागि निवेदन (एन–४००) दिएँ। केही महिनाअघि मेरो एन–४०० को अन्तरवार्ता पनि भयो। धेरै लामो अन्तरवार्तापछि सो अन्तरवार्ता लिने अफिसरले मैले ग्रीनकार्ड कानूनीरुपमा पाएको छैन भन्यो। त्यसपश्चात् उसले सुपरभाइजरसँग कुरा गरी निर्णय दिने कुरा गरी लिखित निर्णयका लागि प्रतीक्षा गर्न भनेर मलाई पठाइदियो। आज ४ महिना बितिसक्यो। केही पनि खबर आएको छैन। साथीहरुको सल्लाहअनुसार वकिल नराखी आफैंले फारम भरी एन–४०० पेस गरेको थिएँ। अब यो अवस्थामा के गर्ने होला र केही उपाय भए बताइदिनुहुन्छ कि?

– डीबी गुरुङ, भर्जिनिया

पाँच वर्षसम्म ग्रीनकार्ड होल्ड गरी साढे दुई वर्षसम्म फिजिकल्ली अमेरिकामा बसोबास गरेको प्रमाण देखाउन सके साधारणतया नेचुरालाइजेसनको मार्फतबाट युएस सिटिजनसिप प्राप्त गर्न सकिन्छ । यी कुराहरुको साथसाथै निम्न कुराहरुको पनि रिक्वायरमेन्ट पूरा गरेको हुनुपर्नेछ – १) निवेदक १८ वर्ष वा बढी हुुनुपर्ने, २) गुड मोरल क्यारेक्टर हुनुपर्ने, ३) साधारण अंग्रेजी भाषा, अमेरिकी इतिहास र सरकारको बारेमा ज्ञान हुनुपर्नेछ । रेसिडेन्सीको अवधिको सम्बन्धमा युएस सिटिजनसँग विवाह गरी ग्रीनकार्ड प्राप्त गरेको भए ३ वर्षको रेसिडेन्ट स्टाटस र डेढ वर्षसम्मको फिजिकल प्रिजेन्स भए एन–४०० पेस गर्न सकिनेछ ।

यी माथि उल्लिखित सम्पूर्ण कुराहरुको रिक्वायरमेन्ट पूरा गरे पनि यदि युएससीआईएसलाई तपाईंको केसको इतिहास र पेश गर्नुभएको सूचनाका आधारमा तपाईंले ग्रीनकार्ड सही तरिकाले प्राप्त नगरेको लागेमा उक्त ग्रीनकार्ड अर्थात् पर्मानेन्ट रेसिडेन्ट स्टाटस कानूनीरुपमा प्राप्त नगरेको भनी ठहर गर्न सक्नेछ । नेचुुरालाइजेसनको लागि आवश्यक सम्पूर्ण शर्तहरु पूरा गरे पनि निवेदकले युएससीआईएसलाई यो पनि प्रमाणित गर्नुपर्ने हुन्छ कि सो पर्मानेन्ट रेसिडेन्ट स्टाटस कानूनतः प्राप्त गरेको हो । यदि रेसिडेन्ट स्टाटस नै कानूनी वा सही तरिकाबाट प्राप्त गरेको छैन भने सो रेसिडेन्ट स्टाटसले अन्य इमिग्रेसन कानूनअन्तर्गत प्राप्त हुने कानूनी सुविधाहरु (इमिग्रेसन बेनिफिट्स)को प्राप्त गर्न सक्ने छैन ।

अहिलेको रिसेन्ट ट्रेन्डअनुसार एन–४०० एप्लिकेसनलाई एडजडिकेसन गर्दा सो निवेदकले ग्रीनकार्ड कसरी प्राप्त गरेको थियो भन्ने कुरालाई बढी खोजबिन गर्ने गरेको देखिएको छ । पुरानो ग्रीनकार्ड प्राप्त गर्दाको सूचना र एन–४०० पेश गर्दाको सूचनामा कुरा बाझिएमा युएससीआईएसले प्रायःजसो उक्त ग्रीनकार्ड कानूनी रुपमा प्राप्त नगरेको भन्ने ठह¥याउँछ । तपाईंको केसमा युएससीआईएसको डिसिजन नआउञ्जेल फर्कनुपर्ने सल्लाह छ । र, नेगेटिभ डिसिजन आएमा वकिलको सल्लाह लिन सुझाव छ ।

Check Also

ramesh-shrestha-pic-for-q-and-a

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

मैले मेरो युएस सिटिजनसिप भर्खरै प्राप्त गरें। मेरो बाबुआमालाई ग्रीनकार्डको लागि स्पोन्सर गर्न चाहन्छु। तर, …