Home / News / समाचार / सागमा एउटै पदक तर फरक–फरक स्वागत किन ?

सागमा एउटै पदक तर फरक–फरक स्वागत किन ?

फागुन, ७ । १२ औं दक्षिणएसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्णपदक विजेता नेपाली खेलाडीले बुधबार भव्य स्वागत पाए । उनीहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपाली सेनाको ट्रकमा राखेर नगर परिक्रमासहित सम्मान गर्‌यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एन्फाले तय गरेको सांगीतिक प्रस्तुतिसहितको सम्मान कार्यक्रममा खेलकुदमन्त्री सत्यनारायण मण्डलले स्वर्ण विजेता टोलीका प्रत्येक सदस्यलाई दिइने पुरस्कारमा समेत तीनतीन लाख बढाइएको घोषणा गरे । नेपाली पुरुष फुटबलले जस्तै उसुकी निमा घर्तीमगरले पनि नेपाललाई स्वर्णपदक दिलाएकी थिइन् । १२ औं साग खेलकुदमा नेपाललाई पहिलो स्वर्णपदक निमाले नै दिलाएकी थिइन् ।

पुरुष फुटबल टोली र निमाले नेपाललाई दिलाएको स्वर्णपदक उत्तिकै महत्त्वपूर्ण हुन् । तर पुरुष फुटबल टोलीको स्वदेश फिर्तीमा भव्य स्वागत हुँदा निमाले भने त्यस्तो स्वागत पाइनन् । स्वागत मात्रै हैन, उनी फर्किएको नै सायदै कसैले थाहा पाए । उनको स्वागतमा न कसैले भव्य र्‌याली आयोजना गर्‌यो, न कोही सर्वसाधारण विमानस्थल पुगे । न मन्त्री वा सरकारी निकायबाट उनलाई दिइने पुरस्कारमा वृद्धि गरिएको घोषणा नै भयो ।

आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताबाटै नेपाललाई स्वर्णपदक दिलाएकी निमा आफ्नो स्वागतमा भव्य कार्यक्रम आयोजना नगरिए पनि आफूलाई कुनै फरक नपरेको बताउँछिन् । कमजोर वा भव्य स्वागतले आफूले देशका लागि दिलाएको स्वर्णपदकको महत्त्व घटी वा बढी हुन नसक्ने निमाको बुझाइ छ ।

‘स्वदेश फर्कंदा मेरो स्वागतका लागि परिवारबाट आफन्तहरू आउनुभएको थियो । स्कुलबाट साथीहरू आएका थिएु, निमा भन्छिन्, ‘भव्य स्वागत गरिए वा धेरै मान्छे आए मात्रै स्वर्णपदक जितेको अर्थ हुन्छ भन्ने हैन । स्वागतका लागि थोरै आए पनि धेरै आए पनि मैले देशका लागि जितेको स्वर्ण नै हो ।

१२ औं साग खेलकुदमा पुरुष फुटबल टोली, उसुकी निमा र जुडोकी फुपूल्हामु खत्रीले मात्रै नेपाललाई स्वर्ण दिलाएका थिए । त्यसमध्ये यसै वर्ष ब्राजिलको रियो दि जेनेरियोमा आयोजना हुने ओलम्पिक खेलकुदका लागि छात्रवृत्तिमा हंगेरीमा अभ्यासको अवसर पाएकी फुपूल्हामु भारतबाटै त्यसतर्फ लागिन् । पुरुष फुटबल टोली र निमा स्वर्णपदक बोकेर नेपाल फर्किएका थिए ।

नेपाली पुरुष फुटबल टोलीलाई सम्मानका साथ राजधानीका विभिन्न स्थानको परिक्रमा गराई भव्य स्वागत गरियो । निमा भने विमानस्थलबाट परिवारका साथ सीधै ललितपुरस्थित आफ्नो घर पुगिन् । यस्तो व्यवहारले खेलाडीमा नकारात्मक प्रभाव पार्नसक्ने खेलाडी नै बताउँछन् । नेपाललाई साग खेलकुदमा लगातार चार संस्करणमा स्वर्णपदक दिलाएका तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक बिष्ट दुई स्तरको सम्मानले खेलाडीले मेहनत गर्ने प्रेरणा गुमाउनसक्ने बताउँछन् ।

‘जसले दिलाए पनि स्वर्णपदक एउटै हो । तर भव्य स्वागत पाउने खेलाडीले भविष्यमा पनि त्यस्तै सम्मानका लागि मेहनत गर्ने प्रेरणा पाउन सक्छन्ु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका बिष्ट भन्छन्, ‘तर जसले आफ्नै स्तरको पदक दिलाएका खेलाडी वा टोलीभन्दा कमजोर सम्मान पाउँछन्, त्यस्ता खेलाडीले भविष्यमा मेहनत गर्ने प्रेरणा गुमाउन सक्छन् ।ु

उनी सम्बन्धित संघहरूले यसबाट सिक्नुपर्ने बताउँछन् । सबै संघहरूले आफ्नो खेलाडीलाई भव्य स्वागत गर्न नसके पनि राज्यबाट हुने सम्मानमा भने भेदभाव हुन नहुने उनको तर्क छ ।

‘फुटबल खेलाडीलाई उनीहरूकै संस्था एन्फाले स्वागत गरेको हो । फुटबलले २३ वर्षपछि स्वर्ण जितेको थियो । त्यो पनि भारतलाई उसकै मैदानमा पराजित गरेर । त्यसैले उनीहरूले भव्य स्वागत गरेको हुनुपर्छु, उनी भन्छन्, ‘तर अन्य संघहरूले यसबाट सिक्नुपर्छ । सबै संघहरूले खेलाडीलाई त्योअनुसारको सम्मान दिन नसके पनि राज्यले दिने सम्मान र सुविधामा भेदभाव हुनु हुँदैन ।ु

१२ औं सागमा स्वर्ण विजेता फुपूकी प्रशिक्षक देवु खड्का पनि खेलाडीले पाउने दुईथरीको सम्मानले प्रदर्शनमा असर पार्ने बताउँछिन् । ‘स्वर्ण जित्ने कुनै खेलाडीलाई विमानस्थलबाटै बग्गीमा चढाएर लगिन्छ । भव्य स्वागत र सम्मान गरिन्छु, देवु भन्छिन्, ‘तर त्यही प्रतियोगिताबाट स्वर्णपदक नै जित्ने अर्को खेलाडीले सामान्य स्वागत पनि पाउँदैन । यस्तो अवस्थामा खेलाडीमा नकारात्मक असर पर्छ । खेलाडीमा देशलाई स्वर्ण दिलाएर पनि के पाएँ र ? भन्ने भावना विकास हुन्छ ।

बंगलादेशमा भएको ११ औं सागमा ‘लिफ्टु दुर्घटनामा परेर पनि नेपाललाई कांस्यपदक दिलाएकी जुडोकी पूर्वखेलाडी देवु यस्तो अवस्थामा अन्य खेलको विकासमै नकारात्मक असर पर्ने बताउँछिन् ।

‘नेपालमा खेलाडीले खेल्ने भनेकै सम्मानका लागि हो । प्रतिष्ठाका लागि हो । तर फुटबल नखेलेकै कारणले मेहनतअनुसारको सम्मान र स्वागत पाउँदैन भने कसले खेलमा मेहनत गर्लाु, उनी भन्छिन्, ‘यसले फुटबलबाहेकको खेलको विकासमै नकारात्मक असर पार्ने अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …