Home / Uncategorized / कांग्रेस दार्चुलामा बोहरा

कांग्रेस दार्चुलामा बोहरा

फागुन ११, काठमाडौं । नेपाली कांग्रेस दार्चुलामा ललितसिंह बोहरा सभापतिमा निर्वाचित भएका छन् । २ सय ४७ मत प्राप्त गरी बोहरा सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका लागि छ जना प्रतिस्पर्धी रहेको दार्चुला कांग्रेसमा कुल ४ सय १४ मतमध्ये ४ सय ९ मत खसेका थिए ।

त्यसैगरी अन्य उम्मेदवारहरू मदन गिरी ५० मत, नरेन्द्रसिंह धामी ४५, गोपालदत्त जोशी ३२, महादेव बडु १८ र गौरीशंकर गिरीले १२ मत प्राप्त गरेका छन् । दार्चुला कांग्रेस पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुको गृह जिल्ला हो ।

Check Also

रामदेवको लगानीमाथि प्रश्न गर्दै सम्पादकीय

९ मंसिर । आजको कान्तिपुर दैनिकले अनसनरत डा। केसीको जीवनरक्षा सम्बन्धी गम्भीर प्रश्न उठाएको छ …