Home / Uncategorized / विज्ञहरु भन्छन्– दक्षिण एसियाभर एकै खालका विपत्

विज्ञहरु भन्छन्– दक्षिण एसियाभर एकै खालका विपत्

फागुन ११, काठमाडौं । दक्षिण एसियाको विपत एकै खालको रहेको विज्ञहरूले बताएका छन् । प्रकोप पूर्वतयारी सञ्जाल नेपालले काठमाडौंमा आयोजना गरेको मानवीय सहयोगका लागि दक्षिण एसियाली साझेदारी कार्यशाला गोष्ठीमा गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले प्रत्येक वर्ष दक्षिण एसियामा तीन हजारभन्दा बढी मानिस विपत्बाट मृत्यु हुनेगरेको बताए ।

मलेगोले गत वैशाख १२ मा गएको भूकम्पबाट मात्र नेपालमा सात अर्बभन्दा बढी रकमबराबरको क्षति भएको बताएका छन् । उनका अनुसार आकस्मिक विपत्को न्यूनीकरणका लागि सरकार लागेको छ ।

स्पेर इन्डिया नामक संस्थाका कार्यकारी निर्देशक विकरान्त महाजनले बाढी, पहिरो, आगलागी, हिमपहिरो, महामारीजस्ता विपत्ले थुप्रै जनधनको क्षति भएको भन्दै यसको न्यूनीकरणका लागि आपूmहरू लागिरहेको जानकारी दिए । उनले सार्क राष्ट्रको विपत एकै खालका भएकाले यसको व्यवस्थापनका लागि सबै देश मिलेर अगाडि बढ्नुपर्ने सुझाए ।

प्रकोप पूर्वतयारी सञ्जाल नेपालका अध्यक्ष रामचन्द्र न्यौपानेले सार्क राष्ट्रमा विपत्बाट भएको क्षतिलाई अध्ययन गरेर अब कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारेमा कार्यशालामा छलफल हुने बताए । उनले मानिसको बाँच्न पाउने अधिकारलाई प्रत्याभूत गर्न विपत् व्यवस्थापनका लागि सीमारहित हिसाबले अगाडि बढ्न लागेको स्पष्ट पारे ।

गोष्ठीमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, अफगानिस्तान तथा श्रीलंकाका विपत् व्यवस्थापनमा काम गर्ने राष्ट्रिय सञ्जालको उपस्थिति थियो ।

Check Also

महिला सङ्घको ७० वर्षको इतिहासमा तेस्रो महाधिवेशन बुधबारबाट सुरु, को–को छन् उम्मेदवार ?

भदौ २८ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन भोलिदेखि काठमाडौँमा …