Home / News / अन्तर्राष्ट्रिय / २८ सय वर्षयता समुद्री सतहमा तीव्र वृद्धि

२८ सय वर्षयता समुद्री सतहमा तीव्र वृद्धि

फागुन ११, मियामी, अमेरिका, (एजेन्सी) । पछिल्ला करिब २ हजार ८ सय वर्षयता विश्वका सामुद्रिक सतहको वृद्धि तीव्र भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । सामुद्रिक सतहमा वृद्धि मानवसिर्जित जलवायु परिवर्तनले भन्दा पनि अन्य प्रभावका कारण भएको उनीहरूको निचोड छ ।

सन् १९०० देखि २००० सम्ममा विश्वका सामुद्रिक सतहको औसत ५.५ इञ्च (१४ सेन्टिमिटर) ले बढेको रटगर्स विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनले बताएको छ । उक्त तथ्य रटगर्स विश्वविद्यालयको प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित गरिएको छ ।
विश्वव्यापीरूपमा आएको तापक्रम वृद्धिका कारण सामुद्रिक सतह वृद्धिमा धेरै कमी हुने बताउँदै अध्ययनले गएको शताब्दीमा सामुद्रिक सतह वृद्धि १.२ इन्च (तीन सेन्टिमिटर) २.८ इन्च (सात सेन्टिमिटर) पुगेको दाबी गरेको छ । गएको तीन सहस्राब्दीमा २०औं शताब्दीमा अन्य समयको तुलनामा सामुद्रिक सतह असाधारण रूपमा बढेको अध्ययनले देखाएको छ । अझ गएका दुई दशकमा त सामुद्रिक सतहमा औसतभन्दा झन् धेरै वृद्धि भएको अध्ययनबाट थाहा हुन आएको अध्ययन टोलीका नेतृत्वकर्ता एवम् रटगर्स विश्वविद्यालयका सहायक प्राध्यापक रोबर्ट कोपले बताएका छन् ।

यदि भूमिगत इन्धनमा अहिलेकै जस्तो निर्भर रहने हो भने एक्काइसौं शताब्दीमा सामुद्रिक सतह १.७ देखि ४.३ (५० देखि १३० सेन्टिमिटर)ले वृद्धि हुने अध्ययनले देखाएको छ । भूमिगत इन्धनको अत्यधिक दोहनका कारण इन्धनको अन्त्य भएपछि पनि सामुद्रिक सतह ०.८ इन्चका दरले वृद्धि भई यस शताब्दीको अन्त्यसम्म दुई फिट बढ्न सक्ने उक्त अध्ययनले जनाएको छ । अहिलेको औसत विश्व तापमान १९औं शताब्दीको तापमानभन्दा १.८ डिग्री फरेनहाइट (एक डिग्री सेल्सियस)ले वृद्धि भएको अध्ययन प्रतिवेदनले जनाएको छ ।

रटगर्स नेतृत्वको हार्वर्ड विश्वविद्यालयका सहलेखकहरू तथा जर्मनीको उडस होल आसियनोग्राफिक इन्स्टिच्युसन एन्ड द पटसड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले संयुक्तरूपमा गरेको अध्ययनले विश्वका विभिन्न २४ स्थानलाई नमुना बनाई ६६ स्थानको ३ सय वर्षयताको तरङ्ग नापलाई आधार बनाई अध्ययन गरेको बताइएको छ ।

वैज्ञानिकहरूले पृथ्वीमा अकल्पनीय रूपले संवेदनशील मानिने तापमान साना परिवर्तनले आजको औसत जलवायुको नाप १९औं शताब्दीको भन्दा १.८ डिग्री फरेनहाइट (एक डिग्री सेल्सियस) बढी हुन पुगेको बताएका छन् । गएका सहस्राब्दीमा सामुद्रिक सतह पछिल्लो शताब्दीको जस्तो तीब्ररूपमा वृद्धि नभएको अर्का अनुसन्धानकर्ता स्टेफन राम्सटर्फले बताए । राम्सटर्फ पटसड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) का पृथ्वीबारे प्रमुख अनुसन्धाता हुन् ।

नयाँ सामुद्रिक सतहको तथ्यांकले पुनः एक पटक आधुनिक समयमा विश्व तापमान वृद्धि ग्रीन हाउस उत्खननका कारण कति असाधारण रूपले बढ्दै छ भन्ने पुष्टि गरेको वैज्ञानिकहरू बताउँछन् । उनीहरूले विश्व तापमान वृद्धि तथा सामुद्रिक सतह वृद्धिका खतरनाक असरहरू पृथ्वीको सामान्य जनजीवनमा कसरी असर गर्दो रहेछ भनी अध्ययनमा देखाएका छन् ।

क्लाइमेट सेन्टरले सोमबार सार्वजनिक गरेको दोस्रो प्रतिवेदनमा विश्वव्यापी तापमान वृद्धिविना नै सन् १९५० यता करिब ८ हजार सामुद्रिक आँधी तथा बाढीका कारण निम्तिएका संकट उत्पन्न हुने थिएनन् भन्ने दाबी गरिएको छ ।

Check Also

afganistan-1

अफगानिस्तानमा बीस दिनमा तीन सय सत्तरीको विद्रोही लडाकूको मृत्यु

कात्तिक ९। अफगानी सरकारी सुरक्षा कारबाहीमा त्यहाँको उत्तरी गाजनी प्रान्तमा बितेको २० दिनमा कम्तिमा ३७० …