Home / News / अमेरिकामा वकिलसँग परामर्श / अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

मेरो पर्मानेन्ट रेसिडेन्सी भएको ५ वर्षपछि मैले एन–४०० युएस सिटिजनसिपका लागि पेश गरेको थिएँ। अन्तरवार्ता भएको पनि ३ महिना भयो। अन्तरवार्ता लिने अफिसरले मैले अन्तरवार्तामा पास गरेको भनेको थियो। तर, मेरो एन–४०० स्वीकृत भए–नभएको कुरा केही पनि भनेन र खाली निर्णयको पत्र आउनेछ, पर्खनु भनेर पठाइदियो। आज ३ महिना हुँदा पनि केही खबर आएन। के भएको होला? केही सुझाव दिनुहुन्छ कि? धन्यवाद।

– गुञ्जमान श्रेष्ठ, न्यूयोर्क

युएस सिटिजनसिपको निवेदन एन–४०० फर्मले स्वीकृत नगरेसम्म शपथ ग्रहण लिने प्रक्रिया शुरु हुँदैन र शपथ ग्रहण नलिएसम्म नेचुरलाइज्ड युएस सिटिजनका रुपमा मान्यता प्राप्त हुँदैन । त्यसैले आवश्यक अंग्रेजी, युएस गभर्मेन्ट र अमेरिकाको इतिहासको टेस्टमा पास भए पनि एन–४०० एप्लिकेसन स्वीकृत वा अस्वीकृत भएको नभन्नु सामान्य नै भए पनि ३ महिनासम्म कुनै जबाफ नआउनु अलिकति असामान्य वा अनयुजअल मान्नुपर्ने हुन्छ । यसरी ढिलाइ हुनुको मुख्य कारणहरुमा– १) तपाईंको ब्याकग्राउण्ड चेक क्लियर नभएको हुन सक्छ, वा २) तपाईंले ग्रीनकार्ड कसरी पाउनुभयो र सो पाउँदा त्यहाँ कुनै अनियमितता भएको थियो कि भन्ने प्रश्न उठेको कारणले फर्दर इन्भेष्टिगेसन गर्नुपर्ने आवश्यकता परेकाले पनि तपाईंको एप्लिकेसनको फाइनल डिसिजनमा ढिलाइ हुन गएको हुन सक्छ । यी माथिका दुई कारणहरु नपरेको खण्डमा युएससीआईएसको सामान्य ब्याकलग वा केसको बढी चाप भएका कारणले पनि हुन सक्छ ।

यो अवस्थामा पर्खनुबाहेक अरु विकल्प नभए पनि अन्तरवार्ता भएको अफिसमा गई इन्क्वाइरी गर्न सक्नु हुनेछ । धेरै लामो समयसम्म रिजल्ट नआएमा र तपाईंको इन्क्वाइरीको जबाफमा युएससीआईएसले ‘ब्याकग्राउण्ड चेक’को छोटो जबाफ दिएको खण्डमा यो बुझ्नु जरुरी हुन्छ कि तपाईंको पर्मानेन्ट रेसिडेन्सीको भ्यालिडिटीमा प्रश्न उठेको छ र सम्भवतः फ्रड युनिटमा एन–४०० एप्लिकेसन रिफर्ड भएको हुन सक्छ ।

तर, तपाईंको केसमा ३ महिना मात्र ढिलाइ भएकाले त्यति नकारात्मक स्थिति पैदा भएको नहोला र आशा गरौं छिटै सकारात्मक जबाफ वा डिसिजन पनि प्राप्त गर्न सक्नु होला भन्ने अपेक्षा गर्न सकिन्छ ।

Check Also

ramesh-shrestha-pic-for-q-and-a

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

मैले मेरो युएस सिटिजनसिप भर्खरै प्राप्त गरें। मेरो बाबुआमालाई ग्रीनकार्डको लागि स्पोन्सर गर्न चाहन्छु। तर, …