Home / News / प्रवास / अमेरिकाका नेपालीले सम्झे कोइरालालाई

अमेरिकाका नेपालीले सम्झे कोइरालालाई

सानफ्रान्सिस्को । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई अमेरिकामा रहेका नेपालीले सम्झेका छन् । १३औं पुण्यतिथिको अवसर पारेर न्यूयोर्क, टेक्सास, सानफ्रान्सिस्को, लस एन्जल्सलगायत जनसम्पर्क समिति अमेरिकाका च्याप्टरहरुले श्रद्धाञ्जलि सभाको आयोजना गरेका हुन् । अमेरिकाका च्याप्टरहरुले नेपाली कांग्रेसका पार्टी सभापति एवं संविधानका पिताको उपमा पाएका नेता कोइरालाको निधनलगत्तै श्रद्धाञ्जलिका लागि शोक पुस्तिका राखेका थिए ।

साउदर्न क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको श्रद्धाञ्जली सभामा उपस्थित सबैले स्व. कोइरालाको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । सभामा जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार मुकुन्द ढुंगाना र टीका चौधरी, १३औं महाधिवेशन प्रातिनिधि हेमराज भट्ट, च्याप्टर सभापति मदन पाठक, च्याप्टरका सदस्यलगायत यस क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो । गंगा बस्नेतले सञ्चालन गरेको श्रद्धाञ्जली सभा साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापति मदन पाठकको सभापतित्वमा सम्पन्न भएको थियो ।

Check Also

NEW YORK, NY - JULY 06:  Donald Trump attends the 2015 Hank's Yanks Golf Classic at Trump Golf Links Ferry Point on July 6, 2015 in New York City.  (Photo by Andrew H. Walker/Getty Images)

पुनः मतगणना मागविरुद्ध ट्रम्पको ट्विट आक्रोश

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौं गैरकानूनी मत हिलारी क्लिन्टनलाई प्रदान गरिएका कारण पपुलर …