Home / News / प्रवास / शेर्पा किदुगले मनाए ल्होसार

शेर्पा किदुगले मनाए ल्होसार

न्यूयोर्क । शेर्पा किदुग अमेरिकाले न्यूयोर्कमा भव्य कार्यक्रम आयोजना गरी ल्होसार मनाएका छन् । किदुगले फेब्रुअरी २० शनिबार न्युयोर्क, कुइन्सस्थित द मिकेले पार्टी हलमा बृहत् ल्होसार कार्यक्रम सम्पन्न गरेका हुन् ।

प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले शेर्पा जातिले विश्वरभर नेपाल चिनाएको बताए । शेर्पा समुदायको प्रशंसा गर्दै उनले भने– ‘शेर्पा समुदायका कारण नेपालको परिचय विश्वभर छरिएकोे छ ।’ राजदूत डा. कार्कीका अनुसार प्रवासमा रहेर आफ्नो मौलिक कला र संस्कृति संरक्षण, सम्वद्र्धनका लागि किदुगले पु¥याएको योगदान अविस्मरणीय छ । त्यसैगरी एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले आफ्नो भाषा र संस्कृति संरक्षण जोगाउन शेर्पा समुदायको महत्वपूर्ण कार्यको प्रशंसा गरे ।

कार्यक्रममा किदुगले विविन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई विशेष सम्मान गरेका थिए । किदुकले गुम्बा निर्माणमा योगदान पु¥याएका संस्थाका पूर्वअध्यक्ष छोङ्बा शेर्पा खाम्बाचे, खेलकुदमा सहयोग गर्दै आएका आङ्छिरिङ शेर्पा, ग्ल्यामरतर्फ दा ल्हामु शेर्पा, खेलाडी पर्खिधन राई र नृत्य निर्देशक विजय नकर्मीलाई सम्मान गरेका हुन् । सम्मानित सबैलाई राजदूत डा. कार्कीले कदरपत्रसहित खादा ओढाई सम्मान गरेका थिए ।

संस्थाका उपाध्यक्ष ङिमा डेण्डी शेर्पाको संयोजकत्वमा प्रकाशित स्मारिकाको डा. कार्कीद्वारा विमोचन गरिएको थियो । कार्यक्रम किदुगका अध्यक्ष दावा जाङ्बु शेर्पाको सभापतित्वमा सम्पन्न भएको थियो ।
तस्वीरः प्रेस चौतारी डटकम

Check Also

यसरी जोडिन सक्छ अमेरिकी डायस्पोरा

गैरआवासीय नेपाली संघ, अमेरिकाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनको निर्वाचन मिति सार्वजनिक भएसँगै नेपाली …