Home / News / साता सुन्दरी / नम्रताको हट आइटम डान्स

नम्रताको हट आइटम डान्स

नायिकाभन्दा बढी मोडलका रुपमा चर्चा पाएकी नम्रता सापकोटाले हालसम्म कुनै हिट फिल्म दिन सकेकी छैनन् । हिट फिल्म नभए तापनि चर्चामा प्रायः छाइरहने नम्रता पछिल्लो चलचित्र शकुन्तलामा हट अवतारमा प्रस्तुत भएकी छन् । चर्चा सेलाउनै लागेका बेला चलचित्र शकुन्तलाको एक आइटम गीतमा भए पनि हट बनेर प्रस्तुत भएकी छन् ।

नायक राजेश हमाललाई पहिलो पल्ट तेस्रो लिंगी पात्रको भूमिकामा प्रस्तुत गरिएको चलचित्र शकुन्तलामा नम्रता नायिका होइनन् । नायिकामा अनु शाह रहेकी छन् । नायिका नभए तापनि हट अवतारमा आइटम डान्समा प्रस्तुत हुँदा मनग्गे दाम पाएको बताइन् । नम्रताको हट अवतारको आइटम डान्समा चलचित्र निर्माता तथा वितरक गोपाल कायस्थ पनि मज्जाले नाचेका छन् । चलचित्र शकुन्तलामा हट नम्रतासँग नाच्नुको बेग्लै मज्जा भएको प्रतिक्रिया पानपराग उपनामबाट समेत चिनिएका कायस्थले दिएका छन् ।

दिनेश श्रेष्ठको निर्देशनमा कोही छ कोही छ बोलको गीतमा खुलेरै नम्रताले बोल्ड आइटम डान्स गरेकी छन् । जसमा उनले धेरैलाई उफारेकी छन् । चलचित्र रिलिज भएपछि कतिलाई उफार्ने हुन् ? त्यो भने हेर्न नै बाँकी छ ।

Check Also

कलाकारितालाई धर्मसँग नजोड्न आग्रह

नेपाली मोडलिङ क्षेत्रमा पछिल्लो समय चर्चाको नाम हो– ओशिमा बानु । उनी मुस्लिम समुदायका तर्फबाट …