Home / News / समाचार / तत्कालीन एसएसपीसहित पाँचविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, के–के छन् आरोप ?

तत्कालीन एसएसपीसहित पाँचविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, के–के छन् आरोप ?

फागुन १३ । नेपाल प्रहरीका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रविराज श्रेष्ठसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण विभागले मुद्दा दायर गरेको छ ।

विदेशी मुद्राको अपचलनमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा खेपिरहेका उनीहरुविरुद्ध विभागले सम्पत्ति शुद्धीकरणको अभियोगमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन एसएपी श्रेष्ठसहित उनका सवारी चालक प्रहरी हबल्दार सोभितबहादुर कार्कीसहित मुरारीलाल गोयल, राजेश अग्रवाल र विनोदकुमार सोनीविरुद्ध मुद्दा दायर भएको विशेष अदालतका रजिष्ट्रार भद्रकाली पोख्रेलले जानकारी दिए ।

उनीहरुसँग विभागले १ करोड २४ लाख ३२ हजार ४६ रुपैयाँको बिगो दाबी गरेको पोखरेलले जानकारी दिए ।

विभागले डेढ वर्षयता सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाएको यो नै पहिलोपटक हो ।

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …