Home / News / समाचार / प्यानल घोषणा गर्दै देउवा, घरदैलो मै वित्दै छ पौडेलको दिन

प्यानल घोषणा गर्दै देउवा, घरदैलो मै वित्दै छ पौडेलको दिन

फागुन १४ । नेपाली कांग्रेसको महाधिवेशन मिति जतिजति नजिकिदैँ गएको छ, काँग्रेस भित्रको राजनीति त्यति नै रापिलो बन्दै गएको छ । सभापती सुशील कोइरालाको निधनपछि सभापतिका प्रमुख दावेदार मानिएका रामचन्द्र पौडेल र शेर बहादुर देउवा अहिले आ–आफ्नो पल्लाभारी बनाउने खेलमा लागेका छन् । त्यसो त्यो दौडमा अहिले कार्यबाहक सभापति रामचन्द्र पौडेल अघि देखिएका छन् ।

उनी संस्थापन पक्षका नेता फकाएर साझा उम्मेदवार बन्ने दौडमा रहेकाले पनि उनको दौड अघि देखिएको छ । यता बरिष्ठ नेता शेरवहादुर देउवा एक दुई दिनभित्रैमा प्यानलसहित उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् भने पौडेलको ध्यान फरक रहेको छ । उनी अहिले संस्थापन नेताको घर दैलोमा पुग्न थालेका छन् । साझा उम्मेदवार बनाउन भन्दै केन्द्रीय सदस्य रामशरण महतको निवासमा बिहीवार संस्थापन पक्षका नेताको गोप्य बैठक नै बसेको थियो ।

तर, सभापतिका आकांक्षीले दाबी नछाडेपछि अहिले पौडेलले सक्रियता बढाएका हुन् । स्रोतका अनुसार बिहीवार साँझको बैठकमा उनले अन्य आकांक्षीसंग सहयोग मागेका छन्। दर्जन नेता उपस्थित भेटमा पौडेलले सबैलाई उचित अवसरसहित पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाउँदै सहयोग मागेका हुन्। तर सभापतिका आकांक्षी महामनत्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले पार्टी नेतृत्व लिनका लागि पौडेलसंग कार्ययोजना मागेका छन्।

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …