Home / News / समाचार / बाबुरामले ओलीको प्रशंसा प्रचण्डको आलोचना गर्नुको केछ भित्रि रहस्य ?

बाबुरामले ओलीको प्रशंसा प्रचण्डको आलोचना गर्नुको केछ भित्रि रहस्य ?

फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचक मध्येका एक डा. बाबुराम भट्टराईले ओलीको भारत भ्रमणको भने प्रशंसा गरेका छन् । सुनसरीको धरानमा आयोजित एक कार्यक्रममा भाग लिन जानेक्रममा शुक्रबार बिराटनगरमा स्थानीय सञ्चारकर्मीसंगको कुराकानीमा भट्टराईले यस्तो प्रशंसाा गरेका हुन् ।

नयाँ शक्तिका संयोजकसमेत रहेका डाक्टर भट्टराईले प्रधानमन्त्री ओलीको भारत भ्रमण समग्रमा फलदायी भएको टिप्पणी गरे । भारतसँगको सम्वाद सुरु हुनु राम्रो शुरुवात मान्न सकिने भन्दै उनले घुमौरो पाराले प्रशंसा गरे । नयाँ संविधान जारी भएयता देखिएका विवादलाई जतिसक्दो चाडो वार्ता र सम्वादवाट हल गरेर अगाडी वढ्नुपर्ने पनि उनले सुझाव दिए । भट्टराईले सीमाङ्कन लगायतका विषयलाइ वार्ता र सम्वादवाट गरी देशमा शान्ति र स्थिरता आवश्यक रहेको वताए ।
उनले, एमाओवादीका अधयक्ष पुष्पकमल दाहालले राष्ट्रद्रोहीको आरोप लगाएको बिषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । यद्यपी पुरानो शक्तिले अरुलाई हिलो छ्यापेर आफ्नो फोहोर ढाक्ने प्रयास गर्छ तर नयाँ शक्तिने भने आफु सफा रहेर अरुलाई पनि सफा राख्ने प्रयास गर्छ । पुरानो र नयाँमा यही फरक छ भन्दै डा. भट्टराईले प्रचण्डप्रति घुमाउरो पारामा कटाक्ष गरे ।

Check Also

राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गर्ने प्रचण्डको दाबी

माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने …