Home / News / समाचार / कसैलाई प्रधानमन्त्री बनाउन पार्टी एकता नगर्ने भन्दै वैद्यले भने–पार्टी एकता संभव छैन

कसैलाई प्रधानमन्त्री बनाउन पार्टी एकता नगर्ने भन्दै वैद्यले भने–पार्टी एकता संभव छैन

फागुन १४ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले एमाओवादीसँग पार्टी एकताबारे हल्ला बढी भएको भन्दै एकताको संभावना कम भएको बताएका छन् । माओवादीकोे उपत्यका समितिले शुक्रबार आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ मा अध्यक्ष वैद्यले एकताका लागि पहिले विचार मिल्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘एक हप्ताभित्र माओवादीको एकता हुँदैछ भन्ने प्रचारबाजी हप्तैपिच्छे सुनिन्छ । पार्टी एकता भन्दैमा भइहाल्ने होइन । ’

उनले एकता कसैलाई प्रधानमन्त्री बनाउनका लागि नभई जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यमा आधारित हुनुपर्ने पार्टीको धारणा रहेको पनि स्पष्ट पारे । कार्यक्रममा माओवादीका नेता परी थापाले कम्युनिष्ट कार्यकर्ताले कम्युनिष्ट सिद्धान्त, विचार र आचरणलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए ।

Check Also

गणेशमान र बिपीको इतिहासले काँग्रेस अहिलेसम्म बाँचेको छः महामन्त्री कोइराला

साउन ७ । पैतिसौँ बिपी स्मृति दिवसको अवसरमा आज ललितपुरमा आयोजित बिपी कोइराला र लोककल्याणकारी …