Home / News / समाचार / देउवाबाट अर्जुन सिटौलाबाट गगन महामन्त्रीको तयारीमा, कस्तो होला ज्वाइँ–ससुराको भिडन्त ?

देउवाबाट अर्जुन सिटौलाबाट गगन महामन्त्रीको तयारीमा, कस्तो होला ज्वाइँ–ससुराको भिडन्त ?

फागुन १५ । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा निकै रोचक भिडन्त हुने भएको छ । त्यस मध्ये पनि रोचक भिडन्त त महामन्त्री पदमा हुने देखिएको छ । जानकारी अनुसार संस्थापन पक्षमा रहेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी देउवा पक्षबाट महामन्त्रीमा उम्मेदवार बन्ने करिब निश्चित भएको छ । उनका ज्वाइँ गगन थापा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन् । उनले सिटौलाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिने तयारी गरेका हुन् । संस्थापन पक्षमा ठाउँ नपाएपछि केसी देउवा पक्षमा गएर महामन्त्रीको उम्मेदवार हुन लागेका हुन । यसरी ज्वाई ससुराको एउटै पदमा भिडन्त हुने भएपछि थापा अप्ठ्यारोमा परेका छन् ।

थापा पछि हट्ने अवस्थामा भएका कारण उनीहरु दुईको भिडन्तले राम्रो बजार पाउँने संकेत देखिएको छ । स्रोतका अनुसार दुवैले एक–अर्कालाई छाड्ने सम्भावना पनि राखेका छन् । थापाले आफू कुनै प्यानलमा परे नेता केसीले छाडिदिने संकेत आएको बताउँदै आएका छन् ।

तर, केसी फुटेको समूहबाट नभएर संस्थापन या देउवा पक्षको प्यानलमा थापा परे मात्रै आफू उम्मेदवार नहुने बताएका छन् । उनले कृष्णप्रसाद सिटौला नै संस्थापन पक्षको उम्मेदवार भएर ज्वाइँलाई महामन्त्रीमा राखे विचार गर्ने बताएका छन् ।

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …