Home / News / समाचार / मोर्चाद्वारा भारतको व्यवहारप्रति आपत्ति

मोर्चाद्वारा भारतको व्यवहारप्रति आपत्ति

फागुन १५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भारतले नेपालको झण्डाको अपमान गरेको भन्दै घोर आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा गुजरातमा नेपाली झण्डाको अपमान भएको भन्दै आपत्ति जनाएको हो ।

मोर्चाले विज्ञप्ति जारी गरेर सरकारले यो विषयमा कुनै वास्ता नगरेको भन्दै आपत्ति जनाएको छ । जारी विज्ञप्तिमा भनिएको छ‘दुई देशको संयुक्त विज्ञप्ति समेत नआउनु निकै आश्चर्यजनक छ ।’ मोर्चाद्वारा शनिबार जारी विज्ञप्तिमा तारा र काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक त्रुटि र दुर्घटनाको कारण पत्ता लगाउन विज्ञ टोली गठन गरी, दोषिमाथि कारबाही गर्न माग गरेको उल्लेख छ ।

साथै मृतक परिवारलाई उचित क्षतिपूर्ति र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन थप सर्तकताका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग मोर्चा माग गरेको छ । मोर्चाले नाका अवरोध पूर्णमा हटिसक्दा पनि इन्धन र ग्यासको वितरण प्रणाली सहज नहुनु, तस्करी र कालाबजारी अझै कायमै रहनुले सरकार आफै भ्रष्टाचार र कालोबजारीमा लिप्त रहेको प्रमाणित भएको आरोप समेत लगाएको छ ।

आन्दोलन अवधिभरको यातायातमा लागेको जरिवाना, बंैकको व्याज मिनाहा, विद्यालयमा विद्यार्थीको मासिक शुल्क पूर्ण रुपमा मिनाहा लगायत अन्य सरकारी निकायहरुमा लाग्ने कर, दस्तूर वा जरिवाना नलिन सरकारसँग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माग गरेको छ ।

Check Also

gianni-infantino-fifa

फिफा अध्यक्ष जियानी इन्फन्टिनो भन्छन्– ‘अब विश्वकपमा ४८ देशको सहभागिता’

मंसिर २३ । ३२ देशको सहभागिता रहँदै आएको विश्वकप फुटवलमा अब भने ४८ देशको सहभागिता …