Home / News / समाचार / ‘पार्टी सभापति जितेर देखाईदिन्छु’

‘पार्टी सभापति जितेर देखाईदिन्छु’

फागुन १५ । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले आफूले कसैसँग बार्गेनिङ्ग गर्नका लागि १३ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा नगरेको स्पष्ट पार्दै उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने बताएकी छिन् ।

राजधानीमा आयोजीत साक्षात्कारमा उनले भनिन,‘ मैले बार्गेनिङ्गको लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेकी होईन । म धेरै अगाडि बढीसके अब पछि हट्ने सम्भावना छैन । अब मलाई अरुले सपोर्ट गर्नु पर्छ । म यसपटक पनि ब्याक भए काग्रेसमा महिला नेतृत्व १५ वर्षपछि पर्छ ।’
कोइरालाले आफूलाई काग्रेसका देशै भरीका कार्यकर्ताहरुको समर्थन रहेको दावी गर्दै विजयी हुने ठोकुवा गरिन ।
उनले भनिन,‘ म देश भरी घुमेकी छु । मलाई सभापति पदमा उम्मेदवार बन्न साथीहरुको धेरै दवाव छ । देशै भरी मैले समर्थन पाएको छु । १२ औं अधिवेशनमा मैले महामन्त्री त्याग गरेकै हु, सधै भरी मैले मात्रै त्याग गर्ने कुरा हुँदैन ।’

कोइरालाले पार्टी भित्र बीपी देखि गिरिजाप्रसाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने ग्राईण्ड डिजाईन भईरहेको भन्दै आफू र काग्रेसलाई पनि समाप्त पार्ने षडयन्त्र भईरहेको बताईन । उनले भनिन,‘ त्यसबाट काग्रेसलाई बचाएर सहमति, सहकार्य र एकतालाई अगाडि बढाउन म चाहिन्छ । मेरो उम्मेदवारीले समस्या हल गर्छ । ’

कोइरालाले पार्टीभित्र गुटबन्दी, भागबण्डा अन्त्य गरे यूवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर दिलाउन पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै विगतमा नेताहरुले दिएको योगदान विर्सिए काग्रेस नै समाप्त हुने चेतावनी दिईन ।

उनले कोइराला परिवारको समेत आफूलाई समर्थन भएको दावी गर्दै बाहिर आएका कुराहरु गलत भएको दावी गरिन । कोइरालाले भनिन,‘ शसांक कोइराला, शेखर कोइरालासँग मेरो कुरा भएको छ । मलाई उनीहरुले समर्थन जनाएका छन र बाहिर आएका कुराहरु गलत भएको आश्वास्त पारेका छन ।’

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …