Home / News / समाचार / पाकिस्तानी अभिनेत्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिसा पसले भनेपछि…

पाकिस्तानी अभिनेत्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिसा पसले भनेपछि…

फागुन १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पाकिस्तानी अभिनेत्रीले पठाएको भिडियो सन्देश यतिबेला भारइल बनेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियोमा मोदीलाई अपशब्द समेत प्रयोग गरिएको छ । पाकिस्तानी टेलिभिजन सेलिब्रेटी कन्दिल बचोलले मोदीलाई चिया बेच्ने ब्यक्तिकोरुपमा चित्रित गर्दै चियाको ब्यापार कस्तो चलिरहेको छ भन्दै सोधेकी छिन् ।

उनले मोदीलाई भनेकी छिन्, ‘मलाई आशा छ तपाइँको रेल स्टेशन छेउँको चिया ढावा राम्रो चलेको होला’ । पाकिस्तानीहरु प्रेम गर्ने नागरिक भन्दै उनले पाकिस्तानीलाई रिस नउठाउन चेतावनी दिएकी छिन् । उनले भनेकी छीन्, ‘मोदी पाकिस्तानीलाई झोंक नचलाउ, हामीलाई रिस उठ्यो भने त तिमी रहन्छौं न हामी रहन्छौं, त्यसैले हामीलाई रिस नउठाउ, चिया खाउ चिया पिलाउ”।भारतीयहरुले यी अभिनेत्रीलाई कडा कारवाही गर्न माग गरेका छन् । पाकिस्तानले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । एजेन्सी

Check Also

मेलम्चीको सुरुङ खन्न ४.१ किमी बाँकी

चैत । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४.१ किमीमात्र बाँकी रहेको छ …