Home / News / खेलकुद / मेस्सीको सहायतामा बार्सिलोनाको जित, सेभिल्ला २–१ ले पराजित

मेस्सीको सहायतामा बार्सिलोनाको जित, सेभिल्ला २–१ ले पराजित

 

फागुन १७ । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई २–१ ले पराजित गर्दै जित हात पारेको छ । लिओनल मेस्सीको सहायतामा बार्सिलोनाले जित हात पारेको हो । मेस्सीले लगातार आठौं सिजन ३० गोल गरेका छन् । सुरुवाति २० औं मिनेटमा नै एक गोलले पछि परेको बार्सिलोनाले मेस्सीको गोलसँगै पुनरागमन गर्‍यो र सेभिल्लामाथि २–१ को ति हात पारेको छ ।

बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा सेभिल्लाले २० औं मिनेटमा पेरेजको गोलबाट अग्रता लिएको थियो । तर, ३१ औं मिनेटमा मेस्सीले बराबरी गोल फर्काए । उनले फ्रिकिकमा गोल गरेका हुन् । यो मेस्सीको सिजनको ३० औं गोल हो, जसमध्ये ला लिगामा १६ गोल छ ।

खेलको ४८ औं मिनेटमा जेरार्ड पिकेले गोल गरे । खेलमा थप गोल हुन सकेन र बार्सिलोना २(१ ले विजयी भएको छ । बार्सिलोनाको २६ खेलबाट ६६ अंक छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ५८ र रियल मड्रिडको ५४ अंक छ । ४१ अंक जोडेको सेभिल्ला छैटौं स्थानमा छ ।

Check Also

सुपर–आठ क्रिकेट प्रतियोगिता चैत १५ देखि

चैत ३ । खुकुरी इएनटी र डिभाज इभेन्ट एन्ड मिडिया प्रालिको आयोजनामा पहिलो सुपर–आठ क्रिकेट …