Home / News / प्रवास / कार्यालय स्थापनार्थ सोसाइटीको सांगीतिक साँझ

कार्यालय स्थापनार्थ सोसाइटीको सांगीतिक साँझ

सिकागो । आफ्नो कार्यालय स्थापनाका लागि सिकागोल्याण्ड नेपाली फ्रेण्डसिप सोसाइटीले आर्थिक संकलनका लागि आयोजित सांगीतिक साँझमा ६ हजार अमेरिकी डलर संकलन गरेको छ । सोसाइटीले डिनरसहितको सांगीतिक साँझको आयोजना गरेको थियो ।

फेब्रुअरी २८ साँझ ६ बजेदेखि देवानस्थित बम्बे हलमा करिब सवासय नेपालीहरूको उपस्थितिमा भुवन राई, जगदीश यादव र शंकर पराजुलीलगायत नेपाली कलाकारहरुको प्रस्तुतिले थप रौनक थपेको थियो ।

कार्यक्रमलाई रमाइलो गराउन बीचबीचमा बिंगो, कार्ड काउन्टिङलगायत खेलहरू खेलाउन संस्थाका उपसभापति जितेन्द्र राना तथा खेम भण्डारी, सुरज घिमिरे, काशी सिंह र गणेश थापाको विशेष योगदान थियो । विजयीलाई पूर्वसभापति खेम पाठक, टेक केसी सल्लाहकार सदस्य टेकराज पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

आर्थिक संकलन कार्यक्रम निकै प्रभावकारी रहेको बताउँदै समाजसेवी बाला घिमिरे, विष्णु फुयाल, विक्रम थारु, खेम पाठक र रमाकान्त खरेलले संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । धेरै आर्थिक रकम उपलब्ध गराउने बाला घिमिरे र हिरा अर्याललाई खादा पहि¥याएर सम्मान गरेका थिए ।

संस्थाका महासचिव ईश्वरी बगालेले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष बेनी माधव कँडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

Check Also

यसरी जोडिन सक्छ अमेरिकी डायस्पोरा

गैरआवासीय नेपाली संघ, अमेरिकाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनको निर्वाचन मिति सार्वजनिक भएसँगै नेपाली …