Home / News / प्रवास / टेक्सासमा स्वास्थ्य शिविर सम्पन्न

टेक्सासमा स्वास्थ्य शिविर सम्पन्न

अर्भिङ । नेपाली समाज टेक्सासले टेक्सास शहरमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । हरेक पटक भिन्न विशेषज्ञबाट परीक्षण गर्ने लक्ष्यअनुरूप यसपटकको शिविरमा दन्त चिकित्सक डा. शर्मिला श्रेष्ठले दाँत परीक्षण गरेकी थिइन् ।

यसपटक ४० जनाले रगत परीक्षण तथा करिब ७० जनाले सामान्य स्वास्थ्य परीक्षण गरेका थिए भने दाँतको र अन्य परीक्षण करिब ५० जनाले गरेका थिए । शिविर सञ्चालनका लागि थुप्रै स्वयंसेवीले श्रमदान गरेका थिए । डा. सञ्जिव श्रेष्ठले शिविर सञ्चालनको नेतृत्व र दिनेश शर्माले व्यवस्थापनको जिम्मा सम्हालेका थिए ।

समाजसेवी नर्सहरु कमला लोहनी, कमला शाक्य, सिर्जना, मोनिका श्रेष्ठ, रजनी श्रेष्ठ, मुजिर, बादल भुजेल र नेपाली समाज टेक्सासका तर्फबाट कमल सत्याल, कमल सापकोटा, निलिमा श्रेष्ठ, जुबिन राजभण्डारी, सुमन कार्कीले सेवा प्रदान गरेका थिए ।

Check Also

wana-nagc-community

वाना र एनएजीसीद्वारा सामुदायिक केन्द्र भवन निर्माणकार्य शुभारम्भ

क्यालिफोर्निया । वेस्ट अमेरिका नेपलिज एसोसिएसन (वाना)ले सामुदायिक केन्द्र भवन निर्माणकार्यको शुभारम्भ गरेको छ । …