Home / News / प्रवास / नेपाली चालकले चलाएको ट्याक्सीको ठक्करबाट म्यानहाटनमा एक महिलाको मृत्यु

नेपाली चालकले चलाएको ट्याक्सीको ठक्करबाट म्यानहाटनमा एक महिलाको मृत्यु

न्यूयोर्क । म्यानहाटनस्थित नेपाली ड्राइभरले चलाएको गाडीको ठक्करबाट ७७ वर्षीय कार्लो डप्लाइजको मृत्यु भएको छ । गत फेब्रुअरी २९ तारिख सोमबार बिहान साढे ८ बजे नेपाली मूलका बुद्धि गुरुङले चलाएको ट्याक्सी एण्ड लिमोजिन कमिसनको नम्बर प्लेटको गाडीले म्याडिसन एभिन्युस्थित बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएको हो । ४९ वर्षीय बुद्धि गुरुङले चलाएको कालो टोयोटा एभलोन ३६ स्ट्रिटबाट म्याडिसनतर्फ मोडिंदै गरेको अवस्थामा म्याडिसन एभिन्यु काट्दै गरेकी कार्लोलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

कार्लोलाई गाडीले किचेपछि बाटो हिंड्ने बटुवाले टोयोटा एभलोनलाई बोकेर पल्टाएर घाइते महिलालाई बेलभ्यु अस्पताल पु¥याए पनि तुरुन्तै अस्पतालले मृतक घोषणा गरेको थियो । दुर्घटना सम्बन्धमा चालक गुरुङले आफू हरियो बत्तीमा मोडिंदै गर्दा बाटो काट्दै गरेको उनलाई नदेखेकाले दुर्घटना भएको बताए । मृतक कार्लो डप्लाइज गहना व्यापारी भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

तस्वीरः न्यूयोर्क पोष्ट

Check Also

यसरी जोडिन सक्छ अमेरिकी डायस्पोरा

गैरआवासीय नेपाली संघ, अमेरिकाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनको निर्वाचन मिति सार्वजनिक भएसँगै नेपाली …