Home / News / समाचार / रक्सी उधारो नदिँदा हत्या !

रक्सी उधारो नदिँदा हत्या !

फागुन २१ । उधारोमा रक्सी नदिएको झोकमा रुकुममा एक युवतीको हत्या भएको छ ।

रक्सी नदिएको झोँकमा बलात्कारको योजना बुनेका स्थानीय तीन युवकले रुकुम खालागाउँ ५ की १७ वर्षीय सुस्मिता शाहीको हत्या गरेका आजको नागरिक दैनिकमा समाचार छ ।

माघ १० गते भएको यो घटनाको अनुसन्धानमा रहेको प्रहरीले झण्डै डेढ महिनापछि हत्याको कारण सार्वजनिक गरेको हो ।
प्रहरीले हत्यामा संलग्न स्थानीय २५ वर्षीय यमबहादुर नेपाली, १६ वर्षीय ज्ञानेन्द्र राना र १५ वर्षीय प्रेम खड्कालाई नियन्त्रणमा लिएको थियो ।

अभियुक्तहरुले पसल मालिक सुस्मिताले आफूहरुलाई उधारोमा रक्सी नदिएको र त्यही झोकमा हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …