Home / News / समाचार / फरमुल्लाह मन्सुरको समर्थनले देउवा पक्ष बलियो, पौडेललाई धक्का

फरमुल्लाह मन्सुरको समर्थनले देउवा पक्ष बलियो, पौडेललाई धक्का

फागुन २१ । तराई–मधेसका निकै प्रभावशाली नेता फरमुल्लाह मन्सुरले वरिष्ठ नेता शेरबहादुर देउवाको समर्थन गर्ने भएपछि देउवा पक्ष बलियो बनेको छ भने कार्यबाहक सभापती रामचन्द्र पौडेल समुह निकै कमजोर बनेको छ । लामो समय संस्थापन पक्षमा रहेका मन्सुरले आफूले पार्टीलाई सबल र सक्षम बनाउन देउवालाई नै सर्वसम्मतीबाट सभापति बनाउनु पर्छ भन्ने प्रस्ताव राखेपनि त्यो सम्भव नभए देउवालाई सभापतिमा जिताउन आफू देउवा क्याम्पमा प्रवेश गरेको बताएका छन् ।

उनले सांसद मधु शाहीसहित देउवाको बुढानिलकण्ठस्थित निवासमै पुगेर देउवालाई सहयोग गर्ने घोषणा गरेका हुन्। घोषणा पछि देउवाले माला लगाइदिएर मन्सुरलाई स्वागत गरेका थिए। देउवाले माला लगाएर स्वागत गरेपछि मन्सुरले पनि देउवालाई माला लगाइदिएका थिए।
 

Check Also

संविधान संशोधन उपयुक्त छैनः एमाले

वैशाख १७। नेकपा (एमाले) संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका …