Home / News / समाचार / माओवादी एकताबारे टुङ्गो लाग्न चैत पर्खनु पर्ने के–छ कारण ?

माओवादी एकताबारे टुङ्गो लाग्न चैत पर्खनु पर्ने के–छ कारण ?

फागुन २१ । एमाओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच आगामी चैतको पहिलो साताभित्र एकताको विषय टुंग्याउने सहमति भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच पार्टी एकताको विषयलाई धेरै नलम्ब्याउने सहमति भएको हो ।

माओवादी केन्द्रीय स्कुल ब्युरोले ललितपुरको कुपन्डोलमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापनमा आज महासचिव थापाले कार्यकर्तालाई एमाओवादीसँग एकताका विषयमा निर्णय गर्न केही दिनभित्रै केन्द्रीय समितिको बैठक बस्न लागेको जानकारी दिएका छन् । उनले एकताको विषय उठेको दुई वर्ष पुग्न लगेको भन्दै सधैँ त्यही कुरा दोहोर्याएर बस्नुभन्दा एकता हुने वा नहुने भन्ने चैतको पहिलो साताभित्र टुंग्याउने गरी अगाडि बढेका जानकारी दिए । तीन नेताबीच दुवै पक्षले एकता विरोधी अभिव्यक्ति र कार्यशैली नअपनाउनेमा सहमति भएको पनि उनले जानकारी दिए । माओवादी अध्यक्ष वैद्यले यही फागुन १४ गते प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एमाओवादीसँग एकताको विषयमा कामभन्दा हल्ला धेरै भएको टिप्पणी गर्दै कसैलाई प्रधानमन्त्री बनाउन नभई क्रान्ति पूरा गर्र्ने सर्तमा मात्रै एकता हुने बताएका थिए ।

सोही प्रशिक्षण कार्यक्रमको आज समापन गर्दै महासचिव थापाले चैतको पहिलो हप्ताभित्र एकताको विषय टुङ्गिन लागेको बताएपछि माओवादी कार्यकर्ताबीच उत्सुकता छाएको छ । महासचिव थापाले एकताको विषयमा आफू र अध्यक्ष वैद्यबीच कुनै विवाद नरहेको बताए ।
 

Check Also

संविधान संशोधन उपयुक्त छैनः एमाले

वैशाख १७। नेकपा (एमाले) संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका …