Home / News / समाचार / कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तार हुने ओलीको दाबी, के–के छ आधार ?

कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तार हुने ओलीको दाबी, के–के छ आधार ?

 

फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन नभएर मन्त्रीपरिषद विस्तार हुने वताएका छन् । सुखानी सहिद स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महाधिवेशनपछि कांग्रेस पनि सरकारमा आउने वताएका हुन् ।

‘कांग्रेसको महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ भन्ने हल्ला गरेको सुन्छु’ प्रधानमन्त्री ओलीले भने, ‘तर, त्यसको भाषा मिलेको छैन, सरकार परिवर्तन होइन सरकार विस्तार हुन लागेको हो, कांग्रेस पनि सरकारमा आउँछ र सरकार विस्तार हुन्छ ।’

पुनर्निर्माण गरी मुलुकलाई विकासको बाटोमा लैजान सबै पार्टी मिलेर अघि बढ्नु पर्ने ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले भारतले गरेको नाकाबन्दीले नै सरकार निसासिएर मर्ने धेरैको अनुमान असफल भएको पनि वताए ।

‘नाकाबन्दीले निसासिएरै सरकार जान्छ भनिएको थियो तर, नाकाबन्दी हटेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘म भारत भ्रमण गएर आएपछि त भारतसँगको सम्बन्ध यति राम्रो छ कि भनिसाध्य छैन ।’ प्रधानमन्त्री ओलीले अव नेपालका उत्तरी नाकाबाट पनि नेपालले ब्यापार गर्ने वताए ।
‘दक्षिणतिरका नाका, उत्तरतिरका नाका अव सबैतिरबाट नेपालले ब्यापार गर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘नाकाहरु पनि खुल्छन् र नाकाबाट आउने बाटो पनि खुल्छ ।’ प्रधानमन्त्री ओलीले माओवादी लगायत अन्य पार्टीबाट एमाले प्रवेश गरेकाहरुलाई स्वागत गरेका थिए ।
 

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …