Home / News / समाचार / नेपाली काँग्रेसको १३ औं महाधिवेशनको निर्वाचन तालिका यस्तो छ

नेपाली काँग्रेसको १३ औं महाधिवेशनको निर्वाचन तालिका यस्तो छ

फागुन २२ । नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा मतदानको कार्यक्रम आइतबार बिहान ८ बजेदेखि राष्ट्रियसभागृहमा हुने कार्यक्रम छ । सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएर दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृहमा सोमबार २४ गते बिहान १० बजेदेखि २ बजेसम्म मतदान गरिने तालिकामा उल्लेख छ ।

शनिशार भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । कांग्रेसमा ६४ पदका लागि ३७५ उम्मेदवार छन् । तर, उमेदवारी फिर्ता लिने क्रम सकिएपछि केही उम्मेदवार घट्ने अनुमान गरिएको छ। उम्मेदवारी फिर्ता गर्न चाहनेहरुलाई बिहान ९ बजेदेखि ११ बजेसम्मको समय छुट्याइएको छ । त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचनमा ९ किसिमका मतपत्र बनाइने कांग्रेसले बताएको छ । सभापतिको एउटा र महामन्त्री एवं कोषाध्यक्षका लागि एक–एकवटा मतपत्र हुनेछन् । त्यस्तै, खुल्लातर्फका २५ सदस्य र प्रदेशबाट दुई–दुई जनाका दरले निर्वाचित हुने सदस्यका लागि छुट्टाछुट्टै मतपत्र बनाइनेछ ।

आरक्षित कोटाबाट निर्वाचित हुने महिला, जनजाति, मधेसी, दलित र मुस्लिम उम्मेदवारका लागि पनि छुट्टाछुट्टै मतपत्र हुनेछन् । सबै मतपत्र फरक–फरक रंगका हुनेछन् ।

Check Also

jaya-lalita

तामिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात

मंसिर २० ।  तामिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएपछि अहिले भारतीय सञ्चार माध्ययमले त्यो समाचारलाई प्राथमिकताका …