Home / News / समाचार / तीन सभापती र महामन्त्री चुनावी मैदानमा, ६३ जनाले उम्मेदवारी फिर्ता लिए

तीन सभापती र महामन्त्री चुनावी मैदानमा, ६३ जनाले उम्मेदवारी फिर्ता लिए

फागुन २२ । नेपाली कांग्रेसको जारी १३ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मध्ये ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ६३ जनाले उम्मेदवारी फिर्ता लिएपछि ६१ केन्द्रीय सदस्यका लागि ३ सय २ जनाबीच प्रतिस्पर्धा हुनेछ । यद्यपि सभापति र महामन्त्री र कोषाध्यक्षमा उम्मेदवारी दिएका कसैले पनि फिर्ता लिएका छैनन् । सभापतिमा कार्यबाहक सभापती रामचन्द्र पौडेल वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ ।

महामन्त्रीमा पनि अजुर्ननरसिंह केसी, शशांक कोइराला र गगन थापाको उम्मेदवारी परेको छ । केसी पौडेलका, कोइराला देउवाका र थापा सिटौलाका उम्मेदवार हुन् । त्यसैगरी कोषाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । निर्वाचन तालिका अनुसार शनिबार मध्यान्हसम्म उम्मेदवारी फिर्ता लिन समय तोकिएको थियो ।
 

Check Also

एक किलो सुनसहित तीन पक्राउ

वैशाख १६। प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा …