Home / News / प्रवास / नेपाली सेनाले मनायो न्यूयोर्कमा सेना दिवस

नेपाली सेनाले मनायो न्यूयोर्कमा सेना दिवस

न्यूयोर्क । नेपाली सेनाले अमेरिकाको न्यूयोर्कमा शनिबार ‘सेना दिवस–२०१६’ मनाएको छ । न्यूयोर्कस्थित मालिङ्गो रेष्टुरेन्टमा आयोजित रात्रिभोजसहितको औपचारिक कार्यक्रमको प्रमुख आतिथ्यता महावाणिज्य दूत नारायणप्रसाद मैनालीले गरेका थिए । नेपालबाट आएका विशेष अतिथि नेपाली सेनाका बलाधिकृत दुर्गा भट्टराईले नेपाली सेनाले सदैव नेपालको इज्जत विश्वभर फैलाई नेपालीको शिर उँचो पारेको’ बताएका थिए ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली सेनाको प्रतिनिधि तथा सेनाका सल्लाहकार कर्र्णेल योगराज शर्मा तथा उनकी धर्मपत्नी सबिना शर्माले आगन्तुकको स्वागत गरेका थिए । कर्णेल शर्माले स्वागत मन्तव्यका क्रममा नेपाली सेनाले नेपालको दैवी विपत्तिको सामनादेखि अफ्रिकाको सहारा मरुभूमिसम्म मानव धर्म निभाउन कुनै कसर बाँकी नराखेको उल्लेख गरे । उनले नेपाली सेनाले नेपाल राष्ट्र निर्माण, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको जगेर्ना गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली स्वाभिमान वृद्धि गर्नमा सदैव योगदान पु¥याएको बताए ।

कार्यक्रममा न्यूयोर्कमा रहेका अधिकांश भुपू तथा बहालवाला सेनाका परिवारहरुका साथै राष्ट्रसंघीय मिसनमा आएका नेपाली सेनाका अधिकृतहरु, न्यूयोर्कस्थित महावाणिज्य दूतावासका प्रतिनिधि प्रवीण भट्टराई, सेवा लम्साललगायतका व्यक्तित्वहरुको उपस्थिति थियो । उक्त अवसरमा नेपाली सेनाको गतिविधिबारे तयार पारेको भिडियो सामग्रीसमेत प्रदर्शन गरिएको थियो ।

Check Also

NEW YORK, NY - JULY 06:  Donald Trump attends the 2015 Hank's Yanks Golf Classic at Trump Golf Links Ferry Point on July 6, 2015 in New York City.  (Photo by Andrew H. Walker/Getty Images)

पुनः मतगणना मागविरुद्ध ट्रम्पको ट्विट आक्रोश

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौं गैरकानूनी मत हिलारी क्लिन्टनलाई प्रदान गरिएका कारण पपुलर …