Home / News / प्रवास / कुइन्समा लायन्स क्लब अफ कुइन्स बुद्ध र कुइन्स नेप्लिजको स्थापना

कुइन्समा लायन्स क्लब अफ कुइन्स बुद्ध र कुइन्स नेप्लिजको स्थापना

० प्रशान एलुङ् राई

न्यूयोर्क । कुइन्समा लायन्स क्लबअन्तर्गत ‘कुइन्स नेप्लिज’ र ‘कुइन्स बुद्ध’ स्थापना भएको छ । गत मार्च ६ तारिख न्यूयोर्कको कुइन्सस्थित सत्यनारायण मन्दिरमा आयोजित एक कार्यक्रमबीच दुवै क्लबको विधिवत उद्घाटन गरिएको हो । क्लब स्थापनाको औपचारिक घोषणा ‘डिस्ट्रिक्ट २०–के’ की गभर्नर मेलिसा थोरेसले गरेकी हुन् ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त उद्घाटन समारोहमा लायन्स क्लब इन्टरनेशनलका निर्देशकद्वय सञ्जय खेतान र रोबर्ट लिबिन डिस्ट्रिक्ट गभर्नर राजेन्द्र थापा, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेललगायत क्लबका विभिन्न क्षेत्रीय निर्देशकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

राजदूत कार्कीले लायन्स क्लबले नेपालमा गरेको मानवीय सेवाको उच्च सराहना गर्दै सरकारले क्लबसँग सहकार्यका लागि कुनै कसर नराख्ने बताए । त्यसैगरी नेपालका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले राजधानी काठमाडौंसँगै देशका विभिन्न स्थानमा संगठित क्लबहरुको संख्या बढ्दै गएको अवस्थामा विभिन्न देशमा रहेका नेपालीहरुमाझ पनि क्लबको स्थापना हुनुले उत्साहित भएको बताए ।

नवगठित दुई क्लबको अध्यक्षमा कुष्ण आचार्य (लायन्स क्लब अफ कुइन्स बुद्ध) र वीरेन्द्र गुबाजु शाक्य (लायन्स क्लब अफ कुइन्स नेप्लिज) निर्वाचित भएका छन् । लायन्स क्लब अफ बुद्धमा एकराज रिमाल (सचिव), बेगम पण्डित (कोषाध्यक्ष), दिनेश डाँगी (सदस्य संयोजक), दीपकराज घिमिरे (प्रथम उपाध्यक्ष), पवित्रा शर्मा (द्वितीय उपाध्यक्ष), अर्जुन गौडेल (तृतीय उपाध्यक्ष), अर्जुनकुमार कार्की (ट्यामर), सोनु मल्ल (ट्वीस्टर) निर्वाचित भएका छन् । त्यस्तै क्लबका सदस्यहरुमा सुशील भट्टराई, राजेश ढुंगेल, सोफिया अधिकारी, रोशन बरुवाल, बुद्ध पौडेल, पवित्रा धिमाल, प्रभात आचार्य, ऋषिभक्त आचार्य, अजय सुवेदी, टोम तामाङ र राजु ढकाल रहेका छन् ।

लायन्स क्लब अफ कुइन्स नेप्लिजमा वीरेन्द्र गुबाजु शाक्य (अध्यक्ष), रेणु सुवेदी (प्रथम उपाध्यक्ष), कुष्ण लामिछाने (द्वितीय उपाध्यक्ष), पुरुषोत्तम पन्थी (तृतीय उपाध्यक्ष), श्याम श्रेष्ठ (सचिव), अच्युत सिग्देल (कोषाध्यक्ष), मनोज देवकोटा (ट्यामर), भीम पन्त (टेल ट्विस्टर), मंगलदास श्रेष्ठ (सदस्य संयोजक) रहेका छन् । त्यसैगरी क्लबका सदस्यहरुमा विष्णु राना मगर, बुद्धिप्रसाद रेग्मी, अमृत चालिसे, सृजना ताम्राकार तुलाधर, परुराम, सञ्जय थापा, लुइसाङ वाइवा तामाङ, राजेन्द्र खड्का, धर्मेन्द्र गोपाली, यादव गौतम, मानबहादुर रानामगर, समुन केसी, नीमा शेर्पा, पूर्ण श्रेष्ठ, सुशीला श्रेष्ठ र मेरिना ताम्राकार शाक्य रहेका छन् ।

संसारका विभिन्न २ सय १० मुलुकमा ४६ हजारभन्दा बढी सदस्य क्लब रहेको लायन्स क्लबमा १.४ मिलियन सदस्य संलग्न छन् भने नेपालको काठमाडौंमा मात्र २ सय ५० भन्दा बढी क्लव सक्रिय छन् ।

 

Check Also

NEW YORK, NY - JULY 06:  Donald Trump attends the 2015 Hank's Yanks Golf Classic at Trump Golf Links Ferry Point on July 6, 2015 in New York City.  (Photo by Andrew H. Walker/Getty Images)

पुनः मतगणना मागविरुद्ध ट्रम्पको ट्विट आक्रोश

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौं गैरकानूनी मत हिलारी क्लिन्टनलाई प्रदान गरिएका कारण पपुलर …