Home / News / प्रवास / महिला दिवसमा ७ महिला सम्मानित

महिला दिवसमा ७ महिला सम्मानित

न्यूयोर्क । १०६औं अन्तराष्ट्रिय महिला दिवस–२०१६ को अवसरमा एनआरएन एनसीसी अफ युएसए महिला समन्वय समितिले ‘लैंगिक समानताका लागि संकल्पका साथ महिलाका लागि महिला अभियान’ विविध कार्यक्रमसहित भव्यसाथ सम्पन्न गरेको छ । न्यूयोर्क, उडसाइडस्थित गुल्सन टेरेसमा आयोजित सो कार्यक्रममा महिला समन्वय समितिले समाजमा विशिष्ट योगदान पु¥याएका महिलालाई सम्मान गरेको थियो ।

समितिले संयुक्त राष्ट्रसंघका लागि प्रथम महिला नायब स्थायी प्रतिनिधि सेवा लम्साल, प्रथम महिला नायब प्रहरी निरीक्षक पार्वती थापा, समाजसेवी नताशा वजनियाक, समाजसेवी म्याग्गी डोयन, किरण क्षेत्री, अमृता रेग्मी र साहित्यकार झमक घिमिरेलाई सम्मानित गरेको छ । कार्यक्रममा डा. भावना कोइराला, राधा पौडेल, प्रभा अधिकारी, गोमा जिसी, शान्ता खड्का र डा. रेखा हमालले महिलासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

एनआरएन अमेरिकाका महिला संयोजन समितिकी संयोजक राधा पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की रहेका थिए । राजदूत कार्कीले सक्षम र शिक्षित महिलाले आफ्नो श्रीमान्, छोराछोरी, आमाबाबु, दिदीबहिनी, दाजुभाइ तथा समाजलाई अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा विशेष अतिथिका रुपमा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, एनआरएन आईसीसी सदस्य खगेन्द्र जीसी, संयुक्त राष्ट्रसंघका लागि नेपाली नायब स्थायी प्रतिनिधि सेवा लम्साल, अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत क्रिशु क्षेत्री एवं उपवाणिज्य दूत प्रवीण भट्टराई, पूर्व डीआइजी पार्वती थापा, समाजसेवी नताशा वजनियाक, एनआरएन आईसीसी सदस्य सुनिता शर्मा थिए । यस्तै, अतिथिहरूमा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, अन्तर्राष्ट्रिय साहित्य समाज बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय साहित्य समाजका निवर्तमान अध्यक्ष गीता खत्री, साहित्यकार कमला प्रसाईं, समाजसेवी सीता खरेल, डा. रेखा हमाल, संगिनी रानी रहेका थिए ।

एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर गोमा सेनले स्वागत मन्तव्य राखेको कार्यक्रम एनआरएन अमेरिका न्यूयोर्क च्याप्टरका महिला संयोजक पुनम मल्लले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Check Also

अमेरिकाको टेक्सासबाट परराष्ट्रमन्त्री महतको आग्रह– ‘गैरआवासीय नेपालीले अब नेपालमा लगानी भित्र्याउँ’

 माघ २ । संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा …