Home / News / प्रवास / गुल्मीका मगर परिवारलाई मैनालीको २ लाख सहयोग

गुल्मीका मगर परिवारलाई मैनालीको २ लाख सहयोग

न्यूयोर्क । नारी दिवसको अवसर पारेर न्यूयोर्कमा रहेका अर्जुनप्रसाद मैनालीले गुल्मीका बिरामी श्रीमान्–श्रीमतीलाई २ लाख रुपैयाँ सहयोग गरेको छ । जग्गा–जमिन केही नभएका रेसुङ्गा नपा–१४, गुल्मीका बासिन्दा हिमा र कृष्णबहादुर तङ्नामी मगर परिवारलाई तरकारी बारी जोहोका लागि गुल्मीका घनश्याम गौतममार्फत २ लाख सहयोग पठाएको मैनालीले बताए ।

‘म आफू पनि कसैको श्रीमान् भएको सम्झेर करुणा जागेर आयो’, मैनालीले भने– ‘दुःखी मगर परिवार र बालबच्चाका लागि नारी दिवसका अवसरमा सहयोग गरेको हुँ ।’

श्रीमती हिमा रुखबाट लडेर घाइते भएपछि गरिबीका कारण ६ महिनासम्म उपचार गराउन नसकेका श्रीमान् कृष्णले बाँच्नुको अर्थ नभएको भन्दै विष सेवन गरेका थिए । श्रीमतीको स्याहारसुहार र माया प्रदान गर्ने श्रीमान् कृष्णको दुःख कम गर्न सहानुभूति र सानो सहयोग गरेको मैनालीले बताए ।

विभिन्न दाताहरुको सहयोगमा हिमाको हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।

Check Also

जनसम्पर्क समिति अमेरिकाको साधारणसभा सम्पन्न

वासिङ्टन डिसी । नेपाली जनसम्पर्क समिति अमेरिकाको पहिलो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा विधान …