Home / News / प्रवास / आनी छोइङको स्वरले गुञ्जने भयो राष्ट्रसंघ

आनी छोइङको स्वरले गुञ्जने भयो राष्ट्रसंघ

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको सभामा ‘गेष्ट अफ अनर पर्फमर’का रुपमा निम्त्याइएकी गायिका आनी छोइङ डोल्माले महासभा मुख्यालयभित्रै बुद्धिष्ट भजन तथा आध्यात्मिक गीत गाउने भएकी छिन् । आगामी मार्च २० तारिख राष्ट्रसंघ मुख्यालयमा पहिलो नेपाली गायिकाका रुपमा आनीले प्रस्तुति दिने भएकी हुन् ।

मार्च १७ तारिख न्यूयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा ल्याण्ड गर्न लागेकी गायिका आनी छोइङलाई न्ह्यू वज्राचार्य, गोपाल रसाइली र समन महर्जनसमेतले साथ दिनेछन् । सन् २०१२ देखि मार्च २० तारिखलाई संयुक्त राष्ट्रसंघले ‘अन्तर्राष्ट्रिय खुसी दिवस’ मनाउने परम्परासमेत रहँदै आएको छ । सोही अवसरमा गायिका आनी छोइङले उक्त दिन संयुक्त राष्ट्रसंघको सभाहलबाट बौद्ध मन्त्रमार्फत शान्तिको कामना गर्नेछिन् भने मन्तव्यसमेत राख्ने कार्यक्रम रहेको छ ।

गायिका आनी छोइङ डोल्माले अमेरिकाको छोटो भ्रमणलाई नेपाली ‘भूकम्पपीडितहरुको सहयोगका लागिसमेत मार्च २६ र अप्रिल २ तारिखमा सर्वसाधारणका लागि आफ्नो प्रस्तुति गर्दैछिन् । गायिका आनी छोइङले न्यूयोर्कस्थित कुइन्स कलेजको कोल्डन अडिटोरियममा मार्च २६ का दिन प्रस्तुति दिंदै छिन् । त्यसैगरी अप्रिल २ तारिखका दिन गोर्खाली फाउण्डेशनको संयोजनमा डिसीस्थित जर्ज वासिङ्टन युनिभर्सिटीको विशाल सभाकक्षमा प्रस्तुति दिनेछिन् ।

डिसीस्थित गायिका आनी छोइङ डोल्माको कार्यक्रम संयोजनमा सक्रियरुपमा काम गर्दै गरेका सुरेश सापकोटाले आनी छोइङको कार्यक्रमबाट संकलित रकम नेपालका भूकम्पपीडितहरुको पुनर्निर्माणका लागि खर्च गरिने बताए । न्यूयोर्कको कार्यक्रम संयोजन भने जिमिनले गरेको छ । गायिका छोइङ अप्रिल १० सम्म अमेरिकामा रहने कार्यक्रम छ ।

Check Also

wana-nagc-community

वाना र एनएजीसीद्वारा सामुदायिक केन्द्र भवन निर्माणकार्य शुभारम्भ

क्यालिफोर्निया । वेस्ट अमेरिका नेपलिज एसोसिएसन (वाना)ले सामुदायिक केन्द्र भवन निर्माणकार्यको शुभारम्भ गरेको छ । …