Home / News / अमेरिकामा वकिलसँग परामर्श / अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

म सी–१ भिसामा अमेरिका आएको हुँ। शिपमा काम गर्ने हैसियतले मैले अमेरिकामा पस्ने मौका पाएको हो। मेरो सी–१ भिसा एक महिनासम्म भ्यालिड छ। जहाजमा धेरै वर्ष काम गरे पनि खास स्थायित्व पाउन नसकेकाले गर्दा यतै अमेरिकामा मिलेसम्म बस्ने विचार गरेको छु। म अविवाहित भएकाले नेपाल फर्किहाल्नुपर्ने कारण छैन। साथीहरुले अब यहाँ आइसकेपछि किन फर्कने भनी सल्लाह दिन्छन्। यहाँ कानूनीरुपमा बस्ने उपाय छ कि? वा के गरेर ग्रीनकार्ड प्राप्त गर्न सकिन्छ होला? उत्तरका लागि आभारी छु।

– केपी गुरुङ, न्यूयोर्क

सी–१ भिसाको आधारमा अमेरिकामा ट्रान्जिटमा टेम्पोररी वा केही सीमित समयका लागि वा आफूले काम गरेको जहाज (शिप)मा फर्कनका लागि टेम्पोररिली ट्रान्जिटका रुपमा बस्न पाइने हुन्छ । यो भिसा इन्टरनेशनल कमर्श, शिपिङ वा फोरन गभर्मेन्टमा कार्यरत व्यक्तिहरुलाई अवस्थाअनुरुप अर्को देश जाँदा बाटोमा अमेरिका भई जानुपरेको खण्डमा अति नै छोटो समयका लागि अमेरिकामा ट्रान्जिट गर्न पाउने सहुलियतस्वरुप दिइने भिसा हो । यो भिसा लिई प्रवेश गरेपछि तोकिएको समयभित्रमा फर्कनुपर्ने हुन्छ । यदि भिसाको भ्यालिडिटीभित्र अमेरिका छोडिएन भने इलिगल हुने अवस्था हुन्छ । यो सी–१ भिसाबाट प्रवेश गरेका व्यक्तिहरुको फ्युचर इमिग्रेसन सोलुसन प्रायः शून्य नै हुन्छ । सी–१ भिसामा धेरै रेस्ट्रिक्सनहरु बाँधिएको हुन्छ । सी–१ भिसाबाट अन्य भिसाहरु जस्तै– एफ–१, एच–१बी, बी–१, बी–२ मा चेञ्ज अफ स्टाटस हुँदैन । त्यस्तैगरी सी–१ भिसामा प्रवेश गर्नेहरुले (सेक्सन २४५(आई) भएकाहरुबाहेक) एडजष्टमेन्ट अफ स्टाटस गर्न अर्थात् कुनै तरिकाबाट ग्रीनकार्ड लिन योग्य हुने छैनन् । तपाईं अविवाहित भएकाले युएस सिटिजनसँग तपाईंको विवाहको नै चाँजोपाजो मिले तापनि सी–१ भिसाको कारण विवाहबाट ग्रीनकार्ड पाउन असम्भव हुनेछ ।

त्यसैले युएस अध्यागमनले दिएको म्यादभित्रमा अमेरिका छोडी आफ्नो गन्तव्यमा जानुभएन भन्ने तपाईंको स्टे इलिगल हुनेछ । त्यसैले अमेरिकामा इलिगल भई फ्युचर इमिग्रेसनबाट आउन सक्ने फाइदाहरुलाई दफन गर्नुभन्दा समय हुँदै अमेरिका छोडी आफ्नो इमिग्रेसन रेकर्ड सफा राख्ने सुझाव छ । मिलेको खण्डमा भविष्यमा बी–१, बी–२ भिसा लिएर पुनः अमेरिका प्रवेश गर्नुभयो भने विभिन्न लिगल र सरल उपायहरुद्वारा लामो समयसम्म अमेरिका बसाइँको व्यवस्था मिलाउन सकिने हुन्छ ।

Check Also

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

म ग्रीनकार्ड होल्डर हुँ। म भर्खरै नेपाल गएर विवाह गरेर आएँ। मेरी श्रीमती पनि यो …