Home / News / समाचार / प्रहरीमा योग्यताक्रम मिचेर बढुवाका लागि यसरी भयो सिफारिस

प्रहरीमा योग्यताक्रम मिचेर बढुवाका लागि यसरी भयो सिफारिस

फागुन २७ । एक ब्याचलाई पूरै वाइपास गर्दै प्रहरीको बढुवा सिफारिस समितिले रिक्त ४६ डिएसपीमा बढुवाका लागि प्रहरी निरीक्षकको नाम सिफारिस गरेको छ । नागरिक दैनिकमा समाचार छ। बुधबार बढुवा सिफारिस समितिको सचिवालयले सार्वजजिक गरेको सिफारिस सूचीमा २०६१ र २०६२ भदौका प्रहरी निरीक्षकको नाम परेपनि २०६२ असारमा प्रहरी निरीक्षक भएका कोही परेनन्।

बढुवा सिफारिसमा परेका ३६ जना एक वर्ष अघिको डिएसपी बढुवामा छुटेकाहरु हुन् । २०६१२ भदौंका १० जनाको नाम सिफारिस भएको छ ।

Check Also

पूर्व प्रधानमन्त्रीहरुको सुझाव बोकेर प्रचण्ड चीन यात्रामा

चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ …